कांग्रेसमा ‘अर्ली’ महाधिवेशनको माग 



काठमाडौं, पुस १३

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले ‘अर्ली’ महाधिवेशनको माग गरेका छन् । पौडेलले पार्टी महासमिति बैठकमा ४ पुसमा कार्यतालिकासहितको अर्ली महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए ।

सिटौला समूहले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘अर्ली महाधिवेशन’ माग गरेको हो । पौडेलले १६ पुसदेखि ०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ सुरु गरेर ७ फागुन ०७६ मा केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका पेस गरेका थिए ।

त्यस विषयमा महासमितिमा छलफल भए पनि निर्णय भने भएन । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News