महिला उत्थान उर्लाबारीको २३ औं बार्षिक साधारणसभा



उर्लाबारी, पुस १४

महिला उत्थान मञ्च नेपाल उर्लाबारीको २३ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । उर्लाबारी–५ स्थित हाम्रो साकोसको सभाहलमा उर्लाबारी नगरपालिकाकी उपमयेर लक्ष्मी भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त साधारणसभाको अवसरमा पाँच जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

मञ्चकी अध्यक्ष सर्सू गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा कुमारी धिमाल, रुक्मणी भट्टराई, महेश्वरा अधिकारी, भीमायादेबी गुरुङ र राधिका काफ्लेलाई सम्मान गरिएको सदस्य पुष्पा तिम्सिनाले जानकारी दिनुभयो ।

संस्थाको आय २ लाख ७ हजार ७ सय ५२ भएको र ब्यय १ लाख ७२ हजार ३ सय ५५ रुपैयाँ भएको कोषाध्यक्ष जानुका बराल (भट्टराई) ले बताउनुभयो । संस्थामा ३५ हजार ३ सय ९७ रुपैयाँ बचत भएको उहाँको जानकारी गराउनुभयो । कार्यक्रम सञ्चालन सचिब बृन्दा पौडेल (न्यौपाने) ले गर्नुभएको थियो ।

प्रकाशित मिति: १४ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्