खुशीको खबर ! आजबाट प्रदेशबाटै श्रम स्वीकृती हुने



काठमाण्डौँ, पुस १५

सरकारले पूर्वघोषित कार्यक्रमअनुसार आजबाट प्रदेशस्तरबाट पनि श्रम स्वीकृति दिने भएको छ ।  प्रदेशस्तरबाट श्रम स्वीकृत दिन सुरु गरेसँगै स्वीकृति लिन सहज हुनुका साथै दक्ष कामदारलाई मात्रै विदेश पठाउनको लागि नियमन गर्न सहज हुने बताइएको छ ।

वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति काठमाडौंबाट मात्रै लिनुपर्ने बाध्यतालाई अन्त्य गर्न सबै प्रदेशबाट प्रदेश स्वीकृति दिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पदबहाली गरैसँगै प्रतिबद्धता गर्नुभएको थियो ।

एकैपटक सातै प्रदेशमा सुरु गर्ने भनिए पनि सरकारले पहिलो चरणमा प्रदेश २ र ५ लाई छनोट गरेको हो । दुईवटा प्रदेशबाट सुरु गरिए पनि अन्य प्रदेशमा पनि तयारी अन्तिम चरणमा पुगेको मन्त्री गोकर्ण विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News