राप्रपाको प्रदेश सदस्यमा मनोनित वाईवालाई सम्मान्



उर्लाबारी, पुस १५

राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारी नगर र क्षेत्रीय समितिले प्रदेश नं. १ को सदस्यमा मनोनित पूर्ण वाईवालाई बधाई एबं सम्मान गरेको छ ।
उर्लाबारी – ७ निवासी समाजसेवी वाईवालाई राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ को सदस्यमा मनोनित गरिएको थियो ।

प्रदेश नं. १ का अध्यक्ष राम थापाको प्रमुख आतिथ्यतामा वाइबालाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरिएको उर्लाबारी नगरअध्यक्ष देबीप्रसाद दाहालले बताउनुभयो ।

लामो समयदेखि पार्टीमा आबद्ध वाईवा बिभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध रही सामाजिक कार्य गर्दै आउनुभएको छ । राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डामा प्रतिबद्ध भएर गतिबिधिहरु अघि बढाउन कार्यक्रम प्रमुख अतिथि एबं प्रदेश अध्यक्ष थापाले कार्यकर्ताहरुलाई निर्देशनसमेत दिनुभयो । कार्यक्रम मोरङ क्षेत्र नं. १ का अध्यक्ष होम गौतमको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News