यस कारण चिसो बढेको रहेछ



काठमाडौँ, पुस १६

वायुमण्डलको माथिल्लो भेग हुँदै तीब्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ ।

जेटस्ट्रिम र भारतको उत्तर–पश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटाएको हो । भारतीय भूमिबाट चीनको तिब्बतर्फ बहने तीब्र गतिको यूरोपेली वायु नेपालकै भू–भाग भएर बहँदा त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असरले अहिले चिसो बढाएको बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताउनुभयो ।

पृथ्वीको सतहबाट करिव १० किमी उचाईबाट जेटस्ट्रिम तिब्बतर्फ बहने बताउँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘२/३ सय मिटर प्रतिसेकेन्डका दरले यस्तो वायु ‘मुभ’ हुन्छ, त्यसको प्रत्यक्ष असर तिब्बतीतर्फ पर्छ तर धेरथोर प्रभाव नेपालमा समेत पर्छ ।’ बाह्रैमास सक्रिय रहने जेटस्ट्रिम गर्मीयाममा १४/१५ किमी उचाई माथि र हिउँदयाममा २/४ किमीतलबाट बहने गरेको शाक्यले प्रष्ट्याउनुभयो ।

भौगोलिक अवस्थिती अनुसार जेटस्ट्रिमको असर पनि फरक पर्ने उहाँको भनाई छ । यससँगै जमिनको सतह भएर भित्रिने यूरोपेली वायुले हिमालय शृंखलालाई छोएर अन्यत्र फैलिँदा समेत चिसो बढेको मौसमविद्हरुको ठहर छ ।

हिउँदयाममा टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान, भारत, नेपालको पश्चिमी भेगबाट भित्रिने यूरोपेली वायु मुलुकको पूर्वी भेगहुँदै बंगलादेश तर्फ फैलिने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News