बर्षलाई महिनामा झारेर बिकाशको काम गर्छौं, यो हाम्रो संकल्प : प्रधानमन्त्री ओली


 


काठमाडौं, पुस १९ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक रुपमा झमेला गरिरहनु पर्ने अवस्था नरहेकोले अव तीब्र गतिमा बिकाश संभव हुने बताउनु भएको छ । ललितपुरको बालकुमारीमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण कार्यको आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अव बिकाशमा संझौता गर्न नसकिने पनि प्रष्ट पार्नुभएको छ ।

अव राजनीतिमा झमेला गरिरहनु पर्ने अवस्था रहेन, अव सुशासन र बिकाशको बाटोमा तीब्रताका साथ अगाडि बढनु पर्नेछ । हरेक क्षेत्रमा तीब्रताका साथ काम अगाडि बढिरहेको छ । अहिले जुनसुकै क्षेत्र, शिक्षा, स्वास्थ्य, निर्माण यातायातको क्षेत्र, पर्यटनका क्षेत्र, कृषि, उद्योग र ब्यापारका क्षेत्रमा तीब्रताका साथ हामी अगाडि बढिरहेका छौं

‘अव झमेलामा परेर फस्ने होइन, बिकाशलाई तीब्रता दिनुछ, त्यसैले बर्षलाई महिनामा झारेर काम गर्छाैं हामीरु, यो उत्साह मात्रै होइन, संकल्प हो, यो संकल्पलाई हामी ब्यवहारमा परिणत गर्छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको समृद्धि सवैको सहकार्यका साथ अघि बढाउने पनि प्रष्ट पार्नुभयो ।

मेलम्चीले २७ बर्ष चिप्ले किराको गतिमा हिड्यो, यो बष जापनीज कार, चिल्ला बाटोमा हिडेको छ, तीब्र गति लिएको छ । रात-दिन एक बनाएर काम भएको छ । यो आयोजनासँगै अरु आयोजनाहरु थप गर्छौं हामी । २७ बर्ष होइन, तीब्र गतिमा ल्याउँछौं,

‘अव राजनीतिमा झमेला गरिरहनु पर्ने अवस्था रहेन, अव सुशासन र बिकाशको बाटोमा तीब्रताका साथ अगाडि बढनु पर्नेछ । हरेक क्षेत्रमा तीब्रताका साथ काम अगाडि बढिरहेको छ । अहिले जुनसुकै क्षेत्र, शिक्षा, स्वास्थ्य, निर्माण यातायातको क्षेत्र, पर्यटनका क्षेत्र, कृषि, उद्योग र ब्यापारका क्षेत्रमा तीब्रताका साथ हामी अगाडि बढिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले खानेपानी मन्त्रालयले पनि आफ्नो क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै मन्त्री बिनामगरसहित सवैलाई धन्यवाद दिनुभयो ।

‘खानेपानी मन्त्रालयल पनि तीब्रताका साथ अगाडि बढेको छ, मेलम्चीको काममा अहिले अलिकति अन्यौलता देखिएता पनि मेलम्ची खानेपानी आयोजना समयभित्र पूरा गर्छौं, कोही आत्तिनु वा मात्तिनु पर्दैन, कुनै समस्या हुन दिइन्न,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले मेलम्ची आयोजना २७ बर्षसम्म अत्यन्तै धिमा गतिमा अघि बढेपनि अहिलेको सरकारको पालामा निकै तीब्रता आएको र समयमै पूरा हुने बताउनु भयो ।

‘मेलम्चीले २७ बर्ष चिप्ले किराको गतिमा हिड्यो, यो बष जापनीज कार, चिल्ला बाटोमा हिडेको छ, तीब्र गति लिएको छ । रात-दिन एक बनाएर काम भएको छ । यो आयोजनासँगै अरु आयोजनाहरु थप गर्छौं हामी । २७ बर्ष होइन, तीब्र गतिमा ल्याउँछौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले चिनिया कम्पनीले तोकिएको समयभित्रै आफ्नो काम सकाउने प्रतिवद्धता जनाएको भन्दै सोहीअनुसार काम गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यका बातावरणीय स्वच्छता हुनुपर्ने आवश्यकता पनि औल्याउनु भयो ।

प्रकाशित मिति: १९ पुस २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्