केसी विरुद्ध इलाममै अर्को अनसनको तयारी (भिडियो)सहित



इलाम २६ पौष डा. गोविन्द केसीले इलाममा आफनो १६ र्औ सत्याग्रह हिजोबाट सुरु गरेका छन् । चिकित्सा शिक्षा विधेयकको विषय देखी लिएर द्धन्द्धकालिन अपराध र निर्मला पन्तको न्याय समेत यो पल्टको गोविन्द केसीका मागमा परेका छन् ।

इलामको फुलगाछीमा अनसन बसिरहेका गोविन्द केसीको विरुद्धमा अर्को अनसनको तयारी भैरहेको जानकारी प्राप्त भएको छ यस अगाडी पनी गोविन्द केसीका विरुद्धमा पटक पटक अनसन बसेका विजय थापाको टोली अनसन बस्नकै लागी इलाम आइपुगेको श्रोतले बताएको छ । श्रोतले दिएको जानकारी अनुसार आज अपराहन्न पत्रकार सम्मेलन गरेर गोविन्द केसी अनसन बसेकै स्थल नजिकै अनसनको तयारी थापा टोलीले गरिरहेको छ । प्रत्येक बर्ष हजारौको संख्यामा नेपाली विद्यार्थी एमविविएस अध्यनको लागी विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्न मुलुकका सबै क्षेत्रमा मेडिकल कलेज खोलिनु पर्ने थापा समूहको तर्क रहँदै आएको छ । हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News