नवलपरासीमा विद्यालय जाँदै गरेकी छात्रा माथि चक्कु प्रहार ।



रबिन्द्र यादव/नवलपरासी पश्चिम २६ पुस/ नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ पिपरपाती- सुर्यपुरा सडक खण्डमा बिहीबार बिहान करिब ९ बजे एक छात्रा माथी चक्कु प्रहार भएको छ । चक्कु प्रहार बाट छात्रा सामान्य घाइते भएकी छिन । उक्त छात्राको दाहिने हात र निधारमा सामान्य चोट लागेको छ ।

अहिले छात्राको स्थानिय क्लिनिकमा उपचार भइरहेको परिवारले जनाएको छ । साइकल बाट विद्यालय जाँदै गरेकी अनिता केवट माथी उखुबारीमा कालो पट्टीले मुख बाधेर लुकेर बसेका तीन जनाको समुहले एक्कासि चक्कु प्रहार गरेको र जबर्जस्ती उखुबारीमा लग्न खोजिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

अहिले तिनै अज्ञात ब्यक्तिहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । घाइते छात्रा गणेश मावि जगर्नाथपुरको कक्षा ८ मा अध्यनरत छिन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News