संस्मरण : डबली मेलाले निम्ताएको त्यो सकसपूर्ण रात…



केशर राई
२०५४ सालको पुषको एक विहान मुटु नै ठिराउने जाडो भईरहेका थियो । घरका सदस्यहरु जाडो हटाउन जाड तताएर तीन चुले अगेना वरिपरी आगो ताप्दै पिउन तयारी गरिरहेको थिए । विहानै चियाको सट्टा जाड पिउने किराती गाउको चलन नै हो । गाउको साथी भीम र म चाहि वासिभात भुटेर फ्राईड राईस वनाई नरुची नरुची पनि पेटमा कोचेर घरवाट ओरालो खोलिटार जंगलको वाटो यात्रा शुरु गरर्यो । माघे संक्रान्ति आउन ३ दिन मात्र वाकि थियो ।

वाटोमा गाउको दाजु पर्ने डम्वरको विहेको लागी केहि गाउलेहरु घास दाउरा खोज्न जाने खेतालाहरु भेटिए । उमेरले करिव १३ वर्षको हाराहारीका हामी दुई भने डवली मेला भर्न भोजपुर वजार गईरहेका थियौ । ओछ्याउने तन्नालाई झोली वनाएर हामी दुवैले ३÷३ पाथि मासको दाल, केहि आफ्नो लुगाफाटो वोकेर भोजपुरे डवली मेला भर्न जादै थियौ ।

भोजपुर सदरमुकामको शनिवारे हाटियामा प्रत्येक सालिन्दा पुषको १५ देखी मसान्तसम्म १५ दिने डवली मेला लग्ने गर्दथ्यौ । त्यो मेला भर्न जानेहरुको धेरै घुईचो लग्ने गर्दथ्यौ । मेलामा अहिले जस्तो विद्युतिय पिङ, मौतका कुवा, सर्कस जस्ता खेल नभएतापनि डाईस, लक्की सेभेन, रिङ खेलको आकर्षण खुवै हुन्थ्यौ ।

वर्षमा एकपटक मात्र लग्ने सो मेलामा भोजपुरको गाउगाउवाट हेर्न आउनेको छुट्टै रमिता हुन्थ्यौ । हामी भने पशुपतिको जात्रा सिद्राको व्यापार भने जस्तो प्रत्येक शनिवार लग्ने हाटियामा मास वोडि मसेम जस्ता दालहन खाद्यवस्तुहरु विक्रि गरि डवली मेला भर्नु थियो । प्राप्त रकमवाट आफ्नो रहरका वस्तुहरु विशेषगरि लत्ताकपडा खरिद गर्नु, सदरमुकाममा रहेको शिवशक्ति सिनेमा हलमा पुगी फिल्म हेरिन्थ्यौ ।

लेखक

खोलिटार जंगलको ओरालो सकिन साथ लामपाते, लेडे वगर हुदै हामी पिखुवा खोलाको किनार अक्करको पहिरो तेर्सिर्दै गर्दा गाउका अरु डवली मेला भर्न जानेको ताती नै भेटिए । अधिकंश गाउकै आफन्तहरु थिए । कोहि कोहि चाहि गाउवाट अलि पर अर्को गाउका नचिनिएकाहरु सवै जना विहान घरवाट वोकेको भात खोलाको किनारमा टपरीमा खाईरहेका थिए ।

अलि पर अक्करको तेर्सो सकिने वेलामा भोजपुरे साहुहरुको भारी वोक्नेहरुको अर्को लस्कर भेटिए । भोलीको शनिवार डवली मेला घुम्ने हेर्ने, डाईस खेल खेल्ने अनि वेलुकीको सिनेमा हेर्ने मनभित्रको हुटहुटीले हामी दुई भने ती गाउलेहरुलाई वास्ता नगरि तेर्सो अक्करको अफ्ठयारो वाटो हुदै अर्को अखुवाको खोला तरि तर्तरी पसिना चुहाउदै उकालो चढ्न थाल्यौ ।

हामी त्यसै त्यसै भोलीको दिनको डवली मेलाको रमाईलो क्षण र सिनेमा हेर्न पाउने रोमञ्चक दृश्यको परिकल्पनामा डुव्दै सिनेमाको रिल जसरी हाम्रो दिमागमा ती दृश्यहरु घुमिरहेको थियो । मन ज्यादै उत्तेजित वनिरहेको थियो । हामी कहिले सिनेमाको शुरु देखी अन्त्य सम्मका कथा दृश्यको वर्णन त कहिले मौन हुदै ईनामे उकालीको घाममा सेकिदै पसिना चुहाउदै वाटो छोट्याईरहेका थियौ ।

पुषको तम्तमईलो घामको सेकाई, ईनामे उकालोमा थाप्लोमा ३ पाथिको मासको भारले हाम्रो यात्रालाई प्रतिकुल वनाईरहेतापनि भोलीको रमाईला क्षण सम्झदा त्यसै त्यो कष्ट हराईजान्थ्यौ । मनको रोमञ्चकता भित्र त्यो हिडाईको कष्ट फिक्का वनिरहेका थियो ।
भोजपुर वजार जिल्लाको सदरमुकाम समेत हो । गाउका वयस्कहरु विभिन्न प्रशासनिक कामको लागी भोजपुर वजार जानु सवैको अनिवार्य जिम्मेवारी जस्तै नै हो ।

हामी १३ पुगनपुग उमेरका ठिटाहरुको लागी भने प्रशासनिक काम खासै नपर्ने हुदा हिउदको पुष माघनै पर्खिनुपथ्र्यौ । ठूलोदुम्मामा मास मसेम वोडी जस्ता दालहन खाद्यवस्तुहरु प्रशस्त फल्ने हुदा हिउदको पुष माघमा हिउदे दाल वेच्न भोजपुर वजार जान हामीलाई अभिभावकवाट छुट थियो । वेचेर आएको पैसा आफ्नै पेवा हुन्थ्यौ । गाउमा वस्ने हामीलाई भोजपुर वजार पुग्दा सपनाको देश पुगे जस्तो लग्थ्यौ । जहा गाउमा नहुने विजुलीको उज्यलोको सुविधा, ल्याण्डलाईन टेलिफोनवाट वातचितको दृश्य, वजारवासीको आकर्षक घरहरु हाम्रो लागी रमिता नै वन्थ्यौ ।

साथै टेलिभिजन र सिनेमा हेर्न पाउनु भोजपुर वजारको अर्को आकर्षण लग्थ्यौ । मध्यम वर्गिय अधिकंश घरमा सादा टेलिभिजन र सदरमुकाममा एकमात्र शिवशक्ति मन्दिर नामक फिल्महलमा दैनिक फिल्म प्रदर्शन हुन्थ्यौ । भोजपुर पुगेर फर्केपछि आफ्ना साथीहरुलाई फुर्ति लगाउने मसला यहि वन्थ्यौ, हामीमा सिनेमा प्रतिको क्रेज यति थियो कि भोजपुर वजारवाट १ रुपिया गोटाको ईन्डियन नायक नायिका र २ रुपिया गोटा पर्ने नेपाली नायक नायिकाहरुको पोष्टर घरको सिलिङ र भित्तामा टासेर प्रदशनी गरिन्थ्यौ ।

हुन त यसरी अक्करको अफ्ठयारो वाटो हुदै ईनामे सालविसाउनाको टोपी खस्ने उकालो हुदै भोजपुर जानु हामी सिंगो ठूलोदुङमालीको नियमित कार्यतालिका नै वनेको थियो । नियती नै भन्नुपर्ला त्यो समयमा भोजपुरमा गाडीको वाटोको पहुच पुगिसकेको थिएन । हाम्रै गाउका दाजुभाई दिदिवहिनीले धनकुटाको हिलेवाट दैनिक अत्यवाश्यक सामान वोकेर भोजपुरे साहुहरुको दैलोमा पुराउनु पथ्र्यौ । साहुको भारी खेपेर दैनिक गुजारा चलाईरहेका वयस्क ठूलोदुङमालीहरुको लागी त्यो वाटो नया र अपरिचित भने थिएन । तर हामी दुई ठिटाहरु भने ती दुख खेप्न नभई डवली मेला भर्ने, डायस खेल खेल्ने, फिल्म हेर्ने ईच्छा पुरा गराउन भोजपुर गईरहेका थियौ ।

त्यस साझ हामी दुई ठिटाहरु पारपानी पैयापानी कोटडाडा हुदै टक्सारको जुरेली डाडा पुग्न सफल भयौ । जुरेली डाडाको वजारमा तारा श्रेष्ठको सानो होटल थियो । त्यहा वस्नुको आकर्षण के थियो भने त्यो होटलमा खाजा खाना र वास वस्दा जतिखेर पनि टिभि हेर्न पाईन्थ्यौ । भोलीको डवली मेलाको रमझम र खेलमा आउने रोमञ्चक क्षणलाई सम्झदै हामी त्यो रात सुत्यौ । भोलीपल्ट शनिवारे हाटिया नपुगीनै भोजपुरको डाडागाउमा हाम्रो मासलाई नगदमा साट्ने काम फत्ते गर्यो । त्यसपछि हामी फुक्काढाल भई विना कुनै ढिला नगरी शनिवारे हाटियामा लागीरहेको डवली मेलातर्फ हानियौ ।

डवली मेला साच्चिकै भव्य रुपमा संचालन भईरहेको थियौ । हामी दुईले करिव पाच चक्कर मेलालाई परिक्रमा गर्यो । हिजो वाटोमा छुटेका मेला भर्दै दाल, मह, कुखुरा र पिखुवाको माछा विक्रि गरिरहेका गाउलेहरुलाई भेट्ने काम पनि फत्ते गर्यो । फेरी पनि धित नमरेपछि अर्को छैटौ चक्कर वजार परिक्रमा गरिसकेपछि एउटा वासले वारेको झुप्रोमा पसि पेटभरी वंगुरको सुप भएको थुक्पा खाईयो । अव भने हिजोदेखी हुटहुटी लागीरहेको डायास खेल्ने निधो गरियो ।

डायस खेलीसकेपछि भोजपुर वजारमा अवस्थित शिवशक्ति मन्दिरमा चलिरहेको फिल्मको पोष्टर हेर्न जाने, वजारमा एकएक वटा जिन्सको पाईन्ट किन्ने अनि वेलुकी डाडागाउमा वास वसि फिल्मको नाईट सो हेर्न जाने योजना तय गरियो । खेल्न जानुभन्दा अगाडी साथीले अहिले सम्म डायसमा नहारेकोे फूर्ती लगाउन पछि परेन । गाउमा लग्ने रातीको ढाउखानी, महादेवथान वजारमा कैयौपटक खेलेर जितेको हावला दियो । यसपालि जितेको पैसाले वेलुकीको शो फिल्म हेराउने वाचा समेत गरे । म मनुवा सितैमा फिल्म हेर्न पाउने आश्वासनले दंगदास हुदै हामी डायस खेल्न छिर्यौ ।

डायस खेलमा हामीले सोचेभन्दा वढि रुपियाको खेल चलिरहेको रहेछ । हामीलाई हाम्रो रेटमा खेल्न अलि लाज लग्यो । तर खेल्ने हुटहुटी यति वढेर गयोकि हामी चलिरहेकै रेटमा खेल्न थाल्यौ । खेल्दै जादा मसंग भएको गोजिको रकम आधा घटेर गयो । म न्यास्रिएर खेल्न छाडे । मलाई एक थान जिन्स पाईन्ट खरिदको योजनालाई झल्झली सम्झिन थाले । मनमनै अव नखेल्ने सोच वनाए । म भन्दा वढि रेटमा खेलीरहेका साथीलाई भाग्यले साथ दिएर होला साच्चै केहि रकम वटुल्न सफल भए । मैले अवो नखेल्ने वरु फिल्मको पोष्टर हेर्न जाने भनेर फकाएर वाहिर निकाले ।

दाउ चलिरहेको साथीलाई खाई के झोक चल्यौ कुन्नी ! माकुट दाउले फापिरहेको भन्दै एकै पटक ठूलो राशिको दाउ थप्ने दुस्साहस गर्ने निर्णय गर्दै पून खेलमा फक्र्यो । । अघि सम्म केहि मुनाफा गर्न सफल साथीलाई सधै मुकुट दाउले मात्र कहा साथ दिन्छ र ! रातो अनुहार लगाएर खेलवाट निस्कियो । अव हामीसंग मास वेचेको रकम आधा आधा मात्र रह्यौ । वचेको पैसाले जिन्स पाईन्ट किन्ने, भरे वेलुकी फिल्म हेर्ने र वेलुकीको खाना वास व्यवस्थापन गर्ने निधोमा पुग्यौ । त्यसपछि हामी सिधै डवली मेलावाट माथि भोजपुर वजारको शिवशक्ति मन्दिरमा गई सौभाग्य फिल्मको पोष्टर धित नमरिञ्जेल हेर्यौ ।

१२ः ४५ को फिल्म हेर्न जानेको लर्कोलाई एक एक रिठ्ठो नविराई हेरिपठाई हामी भने नाईट सो हेर्ने योजना वुन्दै मनमनै मुख मिठाउदै जिन्स पाईन्ट किन्न आसन वजारको चारभञ्जाङमा छिर्यौ ।

आसन वजारमा जिन्सको पाईन्ट रोज्दै जादा अन्तिममा मोलमोलाईमा कुरा मिलेन । मोलमोलाई हुदै जादा हामीलाई खोई के चित्त वुझेन कुन्नी हामीले मागेको दाममा साहुले दिदा पनि लिन मनले मानेन । हामीलाई ज्यादा ठग्न खोजिरहेको महसुष भयो । हामीले मोलमोलाई गरेको पसल नजिकै प्रहरी विट रहेछ ।

हामीले के लख कट्यौ भने यसरी यहाको साहुले सर्वसाधारण गाउको ग्राहक ठग्ने गरेको हुनले नै सायद सरकारले पसल नजिकै प्रहरी विट राखेको होला ? हाम्रो अनुमान सहि या गलत के थियो कुन्नी तर हामी भने अरु पसलमा पनि जिन्सको पाईन्ट हेर्दै नहेरी पून डवली मेला फर्केर गयौ ।

डवली मेलामा गई हामी कति पनि ढिला नगरी अघिकै डायस खेलमा ईन्ट्री गर्यौ । अव हामी योजनावद्द डायस खेल्ने सल्लाह गर्यो । साथीलाई मकुट चिन्हले फाप्ने हुदा मकुट चिन्ह र मैलै अमानेसमाने रहेको झण्डी चिन्हमा खेल्ने सहमति गर्यौ । अघि नफापेको खेलमा झण्डी चिन्ह रोजाईले पनि मलाई जिताउन सकेन । म लगभग शुन्यमा पुगे । मलाई एक्कासी तुरुक्क मुत आउला जस्तो भो । वाहिर पिसाव फेर्न गए मरिगए मुत आउन मानेन ।

मलाई डायसमा हारेकोमा साह्रै ग्लानी हुन थाल्यौ । मलाई दुईवटा कुराले आफुदेखी आफैलाई रिस उठ्न थाल्यौ । फिल्म हलमा गएर दिउसोको शो नहेरी फर्केको र हामीले भनेकै रेटमा साहुजीले जिन्स दिदा पनि नलिएकोमा आफैलाई धिक्कर्न थाले । अन्तिममा मोलमोलाइमा मिलेर पनि नकिनेको जिन्सको झल्झली दृश्य आखामा आउन थाल्यौ । मन भतभति पोल्न थाल्यौ । यसो गोजी छाम्दा जम्मा वीस रुपियाले गोजीको ईज्जत धानिरहेको रहेछ । अव भने भोक पनि लग्न थालेको महसुष हुन थाल्यौ । अव आशाको तान्द्रो साथीको खेलमा निर्भर थियो ।

विडम्वना ! मुकुटले सधै साथ दिने मेरो साथीलाई त्यही चिन्हले कंगाल वनाईसकेछ । न्याउरो अनुहार वनाएर साथी म कहा आएर उल्टै पैसा पो माग्न थल्यौ । मेरो हालत वुझेपछि उनले पैसा पाउने विभिन्न जुक्ति निकाल्ने प्रयास गर्न थाल्यौ । उनको जिकिर के थियो भने भाग्यले साथ दियो भने फेरी फर्काउन सकिन्छ । विरानो भोजपुर वजारमा गाउका हाटिया भर्न आएको गाउलेहरुपनि सवै फर्किसकेका थिए । केहि समयपछि अन्कानिदै साथीले आफ्नै व्यागको एउटा गोजीवाट एउटा ५०० को नोट र वाकि २ वटा ५० को नोट फुत्त फुत्त निकालेर केहि नभनी सरासर खेलस्थलतिर हान्निए । मलाई डायस हेर्दै एलर्जि भईसकेको थियो । म वाहिर नै पर्खिवसे ।

करिव आधा घन्टापछि हास्दै हास्दै साथी म कहा आईपुगे । उसको हासोमा जीतको आभास झल्कन्थ्यौ । म पनि खुसी भएर कति जित्यो भनेर सोध्दा उसले देव्रे चोर औला र माझि औला वीचमा दाईने चोर औला घुसारेर इस भनी देखाईदियो । साथीको त्यो व्यवहार देखेर मलाई त्यहि डाको छोडेर रुन मन लग्यो । निराश मुद्रामा जाउ भन्ने संकेत गरे । उसले फिल्म हेर्न नपाएपनि फिल्मको पोष्टर भने एकपटक हेर्ने ईच्छा व्यक्त गरे ।

हामी दुई डवली मेलावाट पून अघिकै भोजपुर वजार निस्कन सप्तधारा हुदै वाटो लग्यौ । फिल्म सकेर सवै दर्शक घरतिर फर्किसकेका रहेछन् । हलमा धिरेन शाक्य र मौसमी मल्ल अभिनित सौभाग्य फिल्मको पोष्टर धित मरिञ्जेल हेरी फिल्म हेर्न नपाएको पिडावोद्य हुदै वजारको मुलवाटोमा निस्कियौ । त्यतिञ्जेल वेलुकाको ४ वजिसकेको थियो ।

खेलमा पैसा हारेपनि साथीले मासु चिउरा खाजा खाने मन गर्यो । भोजपुरको टुडिखेल मुनी मासु चिउरा खानलाई रुपिया संकलन गर्दा मसंग भएको २० रुपिया मात्र फेला पर्यो । साथीले एक रुपिया पनि नराखी डायसमा वाजी थापेको रहेछ । उसले सोचेको थियो कि म संग खाजा खाने पैसा छ भनेर ।

साथीले अव भने भोजपुर वजार देखी घर फर्कने ओरालो वाटोको यात्रामा पाईला सार्न पटक्कै मानेन । जति फकाउदा पनि वोल्दै वोलेन । मलाई पनि पैसा हारेर जिन्स पाईन्ट किन्न नपाएको, फिल्म हेर्ने सपना पुरा नभएको पिडा ग्लानी वोध छदै थियो । तर एकअर्कालाई घुर्काएर वसिरहनुको फाईदा होइन घाटा हुन्छ भन्ने सोचि एक्लै ओरालोको वाटो तताए ।

जुरेली डाडा पुग्दा वेलुकिको ४ वजेर ३० मिनेट गईसकेको थियो । जुरेली डाडामा हिजो वास वसेको तारा दिदिको होटलमा पुगी साथीलाई पर्खने निधो गरे । एक अर्कामा घुर्काघुर्कि चलिरहेको हामी दुईमा अव भने जुट्नुको विकल्प थिएन किनकी घामले डुव्ने संकेत दिदै थियो । एकछिनमा साथी आईपुगे । मसंग वाकि रहेको २० रुपियाले ४ वटा समोसा र एक एक प्लेट आलुदम हतार हतार खाएर हामी ओरालो यात्रा शुरु गर्यौ ।

साहुनी तारा दिदिले साझ परिसकेकोले यहि वास वसेर विहान जान अनुरोध गरेपनि हामीसंग सुको नभएको पिडाले त्यहावाट कुलेलाम ठोक्यौ ।
हामी दुई विना वोलचाल चुपचाप वेतोडले हिडदै पारपानी गाउ पुग्दा झमक्क साझ परिहाल्यौ । अव भने मन हतास हुन थाल्यौ । वास वस्नलाई सुको नभको पिडाले रातभर हिडेरै घर पुग्ने अठोट गरियो । अफ्ठयारो परिस्थितिमा भने हामी खुलेर वोल्न थाल्यौ । पारपानीदेखी तेर्सो वाटो टोङटोङगे पुग्दा आखाले वाटो देख्न छाड्यौ ।

टोङटोङगेमा वटुवाहरु वास वस्ने ३ घर जति पसल घर थियो । एउटा घर मीत सानीहरुको थियो । त्यहा पुगेर राको वनाएर सालविसौनाको ओरालो वाटो झर्ने सोच वनाईयो । मित सानीले त्यहि वसेर भोली विहान जान अनुरोध गर्नुभो । खेलमा हारेर टाट पल्टेको हामीलाई त्यस्तो विषम परिस्थितिमा पनि पाहुना लग्ने आफ्नो स्वाभिमानले मानेन । वाटोमा हामीलाई कोहि न कोहि गाउले साथी भेटिन्छ भन्ने आशा पनी थियो । आजै घर पुग्ने जिकिर गर्दै अलि तल साथीहरुले पर्खिरहेको कुरा मित सानीलाई ढाटेर राको वाल्दै रातको चिसो मौसमलाई पर्वाह नगरि हामी दुई ओरालो लग्यौ ।

दुखको कुरा ओरालो वाटोमा सालविसौना पुग्दा नपुग्दै राको एक्कासी निभ्न पुग्यो । अव हामीलाई जिन्दागी कै ठूलो आपत आईलग्यौ । त्यहा भन्दा अगाडी वढ्नलाई निष्पट अध्यारोले एक पाईला सार्न पनि गाह्रो भयो । अनकण्टार जंगलमा के गर्ने नगर्ने दोधारसंगै भुतप्रेतको पनि डर लग्न थल्यौ । हामीसंग अगाडी वढ्नुको विकल्प थिएन । अध्यारोमा छामछुम गर्दै घुडा ठोकाउदै हामी दुई अगाडी वढ्न थाल्यौ । ठूलै कष्ट व्यहोर्दै ज्यानलाई घिसारिरहेको अवस्थामा करिव एक किलोमिटर अगाडी आगोको उज्यलो देखा पर्यो । अव भने हामीले राहत महसुष गर्दै त्यहासम्म पुग्ने चेष्टा गर्न थाल्यौ ।

करिव आधा घन्टाको आथह प्रयासपछि त्यहा पुग्दा साहुको भारी वोकेर भोजपुर हिडेको वासिखोरा गाविसका ८ जना जतिको टोली त्यहि खाना पकाई खाईसकेर ठूलो आगो वालेर दुई समुहमा विभाजित भई तास खेलिरहेका रहेछन । हामी दुईलाई ढुंगा खोज्दा देवता मिलेजत्तिकै भो । त्यहि जसोतसो भरियाहरुसंगै वास वस्ने निधो गरियो । रातको करिव ११ वजेपछि भरियाहरु तास खेल्न वन्द गरेर सुत्ने तर्खरमा लागे । उनीहरुको सामुहिक रुपमा सुत्ने व्यवस्था रहेछ । हेर्दा हेर्दै उनीहरु ओछ्यान लगाएर सुतिहाले । उनीहरुको सामुहिक ओछ्यानमा हामी दुई अट्न नसक्ने परिस्थिति वन्यौ ।

अव रातभर नसुति जाग्राम वस्ने हामी दुईले सोच वनायौ । हामीसंग त्यसको विकल्प पनि थिएन । आगोको तापले होला विना ओछ्यान आगोको छेउमा हामी दुवै निदाएछौ । रातको एक वजेको थियो होला जाडोले एक्कासी व्युझदा अनकन्टार जंगलको वाटोमा आफुलाई पाउदा मनमा डर पैदा भएर आयो । जाडोले साथी पनि व्युझियो । भरियाहरु सवै सुतिरहेका थिए । आगोको मुढा सकिएकोले आगो क्रमश निभिरहेको थियो । त्यस पछि जाडोले हामी दुई सुत्नै सकेनौ ।

रातको उत्तरार्ध तिर फेरी अर्को आपत आईलग्यौ । लस्करै सुतिरहेका भरियाहरु भारी मिलाउदै उकालो भोजपुर हिड्न थाले । आगो पूर्णरुपमा निभिसकेको थियो । भरियाहरु हिडिसकेपछि हामी दुई जनालाई फेरी त्यहा वस्न झन डर लग्न थाल्यौ । जाडोले ज्यान कामिरहेको थियोे । हामीले विहानको प्रतिक्षा गर्नेपथ्र्यौ । वाकी सकसपूर्ण २ घण्टाको प्रतिक्षापछि वल्ल उज्यलो हुने संकेत आयो । पूर्ण उज्यलो नहुदै आ –आफ्नो थैलो वोकि हामी झिसमिसै मै ओरालो वाटो लग्यौ ।

विहानको करिव १० वजे तिर भोकले रन्थनिदै खोलिटारको ठाडो उकालो हुदै हामी हाम्रो गाउ पुग्न पुग्न लागेका थियौ । गाउ पुग्ने वेला सन्सारे भन्ने ठाउवाट हामी दुवैको आ आफ्नो घर जानलाई छुटिने दोवाटो आउछ । छुटिने वेलामा साथी एक्कासी भावुक वने । सकासपूर्ण विताएको रात सम्झेर म पनि भावुक वने । उसले घर जाने वाटो तर्फ पाईला वढाउन सकेन । उसले दुखी मुद्रामा भने– आज मेरो घरको वास हुन्न, आमा वाउले मार्छन ।

मैले सोधे– किन ? खेलमा पैसा हारेकाले ? उनले दुई थोपा आसु वगाउदै फेरी भने– मास वेचेको पैसा हारेकोमा कुनै चिन्ता छैन, घरवाट सुगुंरको पाठो ल्याउनलाई देको ६०० पनि डायसमा चढाइहाले । अव भने वल्ल मैले थाहा पाए, अन्कानिदै ५०० को नोट र ५० को २ वटा नोट व्यागवाट निकालेर आधा घन्टापछि फर्केर हातको औलाहरुको अश्लिल प्रदर्शन गर्नुको रहस्य !

लेखक भोजपुरमा कार्यरत पत्रकार हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2019 Deshko News