ओली सरकारको ऐतिहासिक सफलता


 


काठमाडौं, माघ २ सरकारले चालु आर्थिक वर्षको शुरुवाति ६ महिनामा साढे २५ प्रतिशतले राजस्व वृद्धि भएको छ । गत वर्षको तुलानामा यो वर्षको शुरुवाति ६ महिनामा साढे २५ प्रतिशतले बढि राजश्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ४ खर्ब १ अर्ब रुपैया राजश्व संकलन गर्न सफल भएको हो । यो रकम सरकारले लक्ष्य गरेको करिब करिब हो ।

गत आर्थिक वर्षको यही अवधिको तुलनामा सरकारले ३ खर्ब १ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको पहिलो ६ महिनाको तुलनामा राजस्व संकलन २५.५ प्रतिशतले बढेको छ ।

चालु वर्षमा भन्सार राजस्व कम संकलन भएको छ भने आन्तरिक राजस्वतर्फ ठूला करदाता पनि असफल देखिएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ अर्ब रुपैयाँ राजस्व बुझाउनु पर्ने हो । तर एनसेलबाट करिब ३ अर्ब रुपैयाँ राजस्व प्राप्त भयो, जुन गत आर्थिक वर्षको भन्दा पनि थोरै हो ।

कार्यालयलाई यो महिनामा मात्रै ४६ अर्ब ९९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा ३७ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सफल भएको छ । आन्तरिक राजस्व विभागको सबैभन्दा ठुलो राजस्व संकलन हुने ठुला करदाता कार्यालको संकलन लक्ष्यअनुसार नहुँदा समग्र लक्ष्य नै पुरा नभएको बताइएको छ ।

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्