बालिकाको मृत्युपछि टिपरमा भएको आगजनीको विरोधमा व्यवसायी सडकमा


 


मोरङ, माघ १८

गत सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका – ९ मा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि ७ वटा टिपरमा भएको आगजनीको विरोधमा पूर्वका टिपर व्यवसायी आन्दोलित भएका छन् ।

आगजनीको विरोधमा पूर्वाञ्चल टिपर व्यवसायी संघको आयोजनामा आज टिपर व्यवसायीहरुले विरोध ¥याली निकालेका छन् । ¥यालीलाई प्रहरीले रोक्न खोजेपछि कोसी राजमार्ग अन्तर्गत मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सीमानामा रहेको ढाट क्षेत्रमा केहीबेर तनाव सिर्जना भएको थियो ।

संघको आह्वानमा सुन्दरहरैंचा नगरपालिकाको विराटचौकबाट विराटनगरसम्म टिपर ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥यालीमा तीन सय बढी टिपर सहभागी छन् । प्रहरीले ¥यालीलाई विराटनगर महानगरपालिकातिर अगाडि बढ्न नदिएको हो । पूरै सडकमा टिपर तेस्र्याइएपछि कोसी राजमार्ग अवरुद्ध बनेको थियो ।

अगाडि बढ्न खोजिरहेका टिपरलाई प्रहरीले रोक्न खोजेपछि घम्साघम्सीको स्थिती उत्पन्न भएको थियो । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नारावाजी गरेका छन् । गत सोमबार विहान सुन्दरपुरहरैंचा –९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो ।

त्यसपछि आक्रोसमा सडकमा उत्रिएका स्थानीयबासीले ठक्कर दिएकोसहित सातवटा टिपरमाथि आगजनी गरेका थिए । सो घटनाको विरुद्धमा टिपर व्यवसायी चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । संघर्ष समितिका संयोजक सन्दीपकुमार सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।

उहाँले निर्वाध रुपमा सडक कुद्न पाउनु पर्ने, सुन्दरहरैंचामा जलाइएका टिपरका व्यवसायीलाई राज्यले उचित क्षतिपूर्ति दिनु पर्ने, टिपर जलाउनको पहिचान गरेर कारवाही गर्नु पर्ने लगायतका माग राखेर आफूहरु आन्दोलित बनेको जानकारी दिनुभयो ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्