शनिवार दिनभर सरकारी गाडीमाथी नेविसंघको निशाना, पाटन अदालतको गाडीमा पनि आगजनी


 


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल विद्यार्थी संघ शनिवार दिनभर सरकारी गाडीमाथी निशाना साँधेको छ । प्रधानमन्त्री कार्यालयका सचिवल प्रयोग गर्दै आएको बा १ झ ९९९५ नम्वरको गाडी कब्जामा लिएलगतै नेविसंघले पाटन उच्च अदालतको गाडीमा आगजनी गरेको छ ।

काठमाडौंको वुद्धनगरमा अदालतको गाडी नेविसंघको निशानामा परेको हो । आगजनी गरेको गाडी पाटन उच्च अदालत पाटनका नाममा रहेको काठमाडौं प्रहरी प्रमुख एसपी वशन्त लामाले बताए ।

आजै नेपाल बिद्यार्थी संघले पोखरा महानगरपालिकाको गाडीमा पनि आगजनी गरेको छ । विहान महानगरको बा १ झ ५८७९ नम्बरको गाडीमा मासबारमास्थित घरेलु कार्यालय नजिक आगजनी गरेको थियो ।

अदालतको गाडीमा आगजनी गरेलगतै नेविंसंघका कार्यकर्ता भागेका थिए भने गाडीको आगो समयमै नियन्त्रणमा लिएका कारण धेरै क्षति हुन पाएन । विदाको दिन सरकारी गाडी सञ्चालन गरेको भन्दै नेविसंघले सरकारी गाडीमाथी निशाना लगाएको छ ।

प्रकाशित मिति: १९ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्