पूर्वमा टिपर आतंक : ६ महिनामा ९ जनाको ज्यान गयो


 


मोरङ, माघ २२

टिपर दुर्घटनामा परी पछिल्लो ६ महिनाको अवधिमा १ नम्बर प्रदेशमा ९ जनाले ज्यान गुमाएका छन । चालु आर्थीक बर्षको साउन देखी पुस मसान्तसम्ममा भएका १९ वटा टिपर दुर्घटनमा परी ९ जनाले ज्यान गुमाएको पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरीका डिएसपी कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिपर दुर्घटनामा परी तिन दर्जन बढी घाईते भएका छन । सोहि अवधिमा भएका १९ वटा टिपर दुर्घटनामा ४३ जना घाईते भएका हुन । प्रदेश १ अन्तर्गत मोरङ र उदयपुरमा टिपर दुर्घटनाबाट ज्यान गुमाउने धेरै छन ।

मोरङमा मात्रै भएका ९ वटा टिपर दुर्घटनामा तिन जनाले ज्यान गुमाएका छन भने उदयपुरमा मात्रै भएका ४ वटा टिपर दुर्घटनामा समान ३ जनाको ज्यान गएको छ । ६ महिनाको अवधिमा सोलुखुम्बु,सुनसरी र भोजपुरमा १/१ जनाले ज्यान गुमाएका छन ।

यसैबिच,सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरवाहि र तिब्र गति देखीएको छ । १ नम्बर प्रदेशमा ६ महिनामा भएका ६ सय ४३ वटा सवारी दुर्घटनामा चालकको लापरवाहिले २ सय ९५ वटा दुर्घटना भएका छन । अत्याधिक गतिमा सवारी चलाउदा २ सय २८ वटा सवारी दुर्घटनामा परेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

पछिल्लो ६ महिनाको अवधिमा यात्रुको लापरवाहिका कारणले पनि दर्जनौ दुर्घटना भएको पाईएको छ । ट्राफिक प्रहरीले दिएको तथ्यांक अनुसार ४३ वटा सवारी दुर्घटना यात्रुको लापरवाहिका कारणले भएका छन । यस्तै अनावश्यक ओभरटेकका कारण २८ वटा सवारी दुर्घटनामा परेका छन ।

प्रकाशित मिति: २२ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्