फेसबुकबाटै यौन व्यवसाय, यसरी हुनेरैछ यौनकर्मीको सम्पर्क


 


तपाईलाई फेसबुकमा कुनै अपिरिचित केटीले वा केटाले फ्रेण्ड रिक्वोइस्ट पठायो भने सिधै एसेप्ट नगरिहाल्नुस । उसको प्रोफाइल हेर्नुहोस, एक पटक । उसको ठेगाना, उसका साथीहरु, उसले पहिले गरेका पोष्टहरु यी सबै हेरेपछि चित्त बुझे मात्र एसेप्ट गर्नु होस । नचिनेका केटा वा केटी सिधै सिक्वोइस्ट एसेप्ट गर्दा तपाईको फ्रेण्ड यौन व्यवसायी पनि पर्न सक्ने संभावना छ ।

किनकी अचेल मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ । फेस बुकका पहिले हलोहाई भन्ने बिस्तारै पारिवारिक र आर्थिक अवस्थासम्म कुराकानी हुने र पछि फोन मार्फत भेट्ने कुरासम्म पुग्ने गरेको एक यौन व्यवसायी बताउछन ।

यौन व्यवसायमा लागेका महिला वा पुरुष फेस वुक वा इन्टरनेटको माध्यमबाट मोलमोलाई देखि भेट्ने स्थानसम्मका कुरा तय गर्छन । यसरी समाजिक सञ्जाल मार्फत व्यवसाय चल्न थालेपछि यो व्यवसायमा बिचौलियाको प्रभाव घट्दै गइरहेको छ । उमेर ढल्केका केही यौनकर्मी अझै पनि युवायुवतीको बिचौलिया बनेर कमाई गरिरहेका पनि छन ।

तर तिनीहरुको संख्या एकदमै कम छ अहिले । बिचौलियाका कारण पहिले उनीहरूको आम्दानी कम हुन्थ्यो । आधाआधा गर्नु पर्दथ्यो । तर अहिले मोबाइल, इन्टरनेटको सहयोगले सीधै ग्राहकसम्म पहुँच पुगेको छ ।पढेलेखेकाले त अहिले ग्राहकसंग विदेशबाट गिफ्टसमेत मगाउँछन् । राजधानीका तारेहोटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यौन व्यवसाय फस्टाउदो छ ।

यो व्यवसायको स्थान, शैली परिवर्तन भइरहेको होला पेसा परिवर्तन भएको छैन । मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय अहिले सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ । ग्लोबल फन्डले गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेवियरल सर्भिलेन्स) सर्भेक्षणले राजधानीमा मात्र ३० हजार यौनकर्मी महिला रहेको औंल्याएको छ ।

तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्यो भन्दा बढी रहेको महासंघको अनुमान छ । यौन व्यवसायीको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौनकर्मी छन् ।

पहिलो श्रेणीका यौनकर्मी जो महंगा गाडी चढ्छन् । उच्च घरानाका उनीहरू बाहिर कमैमात्र देखिन्छन् । उनीहरूका पार्टनर पनि उच्च ओहदाकै हुन्छ । ती यौनकर्मिको कमाइ महिनामा कम्तिमा डेढदेखि दुई लाखसम्म हुन्छ । दोस्रो श्रेणीका यौन व्यवसायी जो सम्पर्कका आधारमा मात्र व्यवसाय गर्छन् ।

ठूलठूला होटेलको सम्पर्कमा हुन्छन् । होटेलले सम्पर्क गरे मात्र उनीहरु व्यवसायमा जान्छन् । उनीहरू ग्राहक खोज्दै हिँड्दैनन् । सधैं व्यस्त पनि हुँदैनन् । उनीहरु थोरै समयमा मनग्यै कमाउँछन् । उनीहरूको कमाइ महिनामा एक लाख देखि डेढ लाख आसपास हुन्छ ।

तेस्रो प्रकारका यौन व्यवसायी जो डान्सबार, गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन् । उनीहरू डान्सबारलाई सम्पर्क स्थान बनाएर मोबाइलमार्फत सम्पर्क गरेर ग्राहकले बोलाएको स्थानमा पुग्छन् वा आफुले बोलाउँछन् ।

उनीहरूको कमाइ महिनामा ५० हजारदेखि एक लाखको आसपासमा हुन्छ । यसमा पनि यौनकर्मिको उमेर, , सुन्दरता, क्षमता, अनुभव, सम्पर्कका आधारमा कसैले यो भन्दा बढी पनि कमाउछन् । चौथौ प्रकारका यौन व्यवसायी भनेका ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् ।

उनीहरूका नियमित ग्राहक एउटै हुन्छन् । उसैबाट तिनीहरूले आफ्ना सबैजसो आवश्यकता पूर्ति गर्छन् । लामो समयपछि मात्र सहमतिमा उनीहरू पार्टनर परिवर्तन गर्छन् ।

उनीहरूको कमाइ पुग्ने जति हुन्छ । धेरै हुदैन । घरव्यवहार चलाउन पुग्ने हुन्छ । र पाँचौं किसिमका यौनकर्मी उमेर ढल्कदै गएका हुन्छन् । थोरै पैसाका लागि पनि उनीहरू यौन बेच्न तयार हुन्छन् । सडकपेटीमा, भट्टीमा उनीहरू सय, पचास रुपैयाँ कमाउनका लागि समेत राजी हुन्छन् । यिनै यौनकर्मीमा एड्सको खतरा बढी रहेको पाइएको छ ।

पैसाको लोभमा कण्डमको प्रयोग नै नगरि यौन सम्पर्क राख्दा एचआईभीको जोखिम हुन्छ । यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डा। खेम कार्कीका अनुसार नेपालमा असुरक्षित यौन सम्पर्कका कारण ९० प्रतिसतलाई एचआईभी संक्रमत भएको पाइएको छ ।

उमेर ढल्कदै गएपछि ग्राहक नपाउने पिरलोका कारण धेरै जसो प्रौढ योनकर्मिमा डिप्रेसनको समस्या हुन्छ । पहिले बिन्दास पाराले खर्च गर्ने बानी परिसकेको हुनाले उमेर छिप्पिदै गएपछि उनीहरुको कमाईको श्रोत घट्दै जाने हुनाले उनीहरुलाई खर्चको जोहो गर्न मुस्किल पर्छ ।

राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौन व्यवसाय फस्टाउँदो छ । एक यौन व्यवसायीका अनुसार यी सबै ठाउँंमा गरेर महिनामा करिब ५० करोडौं रुपैयाँबराबरको कारोवार हुन्छ ।

निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारीचालक, व्यापारी, उद्योगी यी सबै यौनकर्मिका ग्राहक हुन् ।नेपालमा हुने यौन व्यवसायमा हुने करोडौं आम्दानी आखिर कहाँ खर्च भइरहेको छ त रु यौनकर्मी ९महिला वा पुरुष० ले कमाउने करोडौं रुपैयाँ कहाँ लगानी गरिरहेका छन् त रु

मोजमस्तीमै उडाइरहेका छन् त रु कि उत्पादनमूलक काममा खर्च गरिरहेका छन रु यी प्रश्नको उत्तर सहज छैन । यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार अधिकांश यौनकर्मी महिलाको आम्दानी फजुल खर्च भइरहेको छैन ।

उनीहरूको आम्दानी आफ्ना बालबालिकाको पढाइमा, परिवारको लालनपालनमा खर्च हुने गरेको छ । त्यसबाट बचेको केही रकममात्र उनीहरुले भविष्यका लागि बचत गर्ने गरेका छन् । ढकाल भन्छिन, नेपालमा यौन व्यवसायमा रहेका ठूलो संख्यामा रहेका यौनकर्मी महिला पढेलेखेका छैनन् । उनीहरू कुनै न कुनै बाध्यता र विवशताले यो पेसामा आएका छन् ।

त्यसैले उनीहरू आफूले कमाएको पैसा आफ्ना बालबालिका र परिवारका सदस्यको शिक्षादीक्षाका लागि खर्च गर्ने गरेका छन् । ताकि भोलिका दिनमा आफ्ना सन्तानले यौन व्यवसाय गर्नु नपरोस् । यसका अलावा घरपरिवार, आमाबुबाको पालनपोषण, औषधिउपचारमा पनि खर्च हुने गरेको छ ।

आफूले लुकेर, तिरस्कार सहेर, कमाएको पैसा परिवारको र बालबच्चाको पढाइमा खर्च गरे पनि पछि तिनै परिवारका सदस्य र छोराछारीको लाञ्छना सहनुपर्दा भने उनीहरूलाई असह्य हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक अर्की यौनव्यवसायी बताउछिन् । पछिल्ला दिनमा कलेज पढ्दा पढ्दै यो व्यवसाय अंगाल्ने युवतीको संख्या बढ्दै गइरहेको बिजया बताउछिन् ।

शहरमा हाइफाई जिवनशैली जिउन चाहने तर घरबाट बुबाआमाले पढाई का लागि भनेर पठाएको सिमित खर्चले पुग्ने अवस्था नभएपछि उनीहरु यो व्यवसायमा आउने गरेको पाइएको उनको बुझाई छ । राजधानीमा रोगजारी पाउन मुस्किल हुने र पाई हालेपनि न्युनतम तलवले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रुपमा उनीहरुले यो व्यवसाय सुरु गर्ने गरेको पाइन्छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्