जव दुर्गमा गाउँमा “लैजाउ घुमाउन मलाइ ठमेल बजार” घन्कियो (भिडियो सहित)


 


खबिन लुईंटेल फिदिम फागुन ३
गायिका मिना निरौला नेपालकी चर्चित गायिका हुन् । लैजाउ घुमाउन मलाइ ठमेल बजार देखी चोली अली छोटो के लाएथे हुदै रुपै मोहनी सम्म आइपुग्दा मिनाको चर्चा विश्वभरी चुलिदो छ । ग्ल्यामसर शैलीका गित गाएर करोडौ नेपालीको मन जितेकी मिना निरौलाले पछिल्लो पटक सुदुर पूर्वी जिल्ला ताप्लेजुङको एउटा दुर्गम गाउँमा प्रस्तुती दिइन् ।

मध्य रातको १२ बजे जब निरौला स्टेजमा उक्लिइन यूवा दर्शकलाई धाम्न आयोजकलाई धौ धौ परेको थियो । मिनालाई हेर्न विहानै देखी कुरेर बसेका ताप्लेजुङ सिनामका दर्शकले मध्य रातमा मात्रै मिनाको दर्शन पाएका थिए । निकै ग्ल्यामर शैलीमा प्रस्तुती दिएकी मिनाको सांगितिक प्रस्तुतीको अवधीभर दर्शक निकै रोमाञ्चित बनेका थिए भिडियोमा हेर्नुहोस मिनाको प्रस्तुती र दर्शकको जोस

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्