विहेकी आएकी पाँच वर्षीया अबोध बालिका बलात्कृत, बलात्कारी पनि समातिए !


 


एजेन्सी  हाम्रो छिमेकी राष्ट्र भारतमा बलात्कार जस्ता जघन्य अपराधहरु बढीरहेको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा एक अबोध बालिकालाई जबरजस्ती करणी गरेको घटना बाहिर आएको छ । पीडित बालिकाको उमेर मात्र पाँच वर्षको छ ।

उनी आफ्नो परिवारको साथमा एक विवाहमा सहभागी हुनका लागि आएकी थिइन् । तर उनलाई यौन पिपासुले फकाइ–फुलाई गरी आफ्नो घरमा कोही नभएको मौका छोपी उनलाई बलात्कार गरेका छन् । त्यहाँका स्थानीय प्रहरीले आरोपीहरुलाई पक्राउ गरिसकेको छ ।

प्रहरी अधीक्षक गौरव ग्रोवरले जानकारी दिदै भने, ‘फखरपुर कस्बेमा बुधबार एक विवाह समारोह थियो । सोही विहेमा गोडा जिल्लाको एक गाउँबाट पाँच वर्षीया बालिका पनि आफ्नो परिवारसँग आएकी थिइन् । बुधबार रातिसँम्म ती बालिका विहेमै घसुमिरहेकी थिइन् । सोही मौकामा एक युवकले उनलाई कोही नभएको समयमा आफ्नो घरमा लगे, त्यसपछि जबरजस्ती करणी गरे ।’

अबेर राति ती बालिकाकी बुवाले आफ्नो छोरीलाई नदेखेपछि खोजीकार्य सुरु गरियो । खोज्दै जाँदा ती युवकको घरमा निर्वस्त्र अवस्थामा ती बालिका भेटिइन् । ती बालिकाको शरीरमा कुटपिट गरिएको देखियो । प्रहरीलाई खबर गरेसँगै ती युवक पक्राउ परे ।

प्रहरीले ती पीडित बालिकाको मेडिकल चेक गराए । त्यसपछि ती पीडकविरुद्ध अपहरण, बलात्कार, पाक्सो एकट र हत्या लगाएतको मुद्धा हाले । आरोपीलाई कोर्टमा पेश गरिएपछि जेल पठाइएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्