छोराले घृणा गरेपछि १२ बर्षदेखि त्रिपालको बास (भिडियो सहित)

विराटनगर, फागुन ३
आमा विरामी भएपछि आफ्नै छोराले घृणा गरेर आमावुवालाई घर बाहिर फालेपछि १२ वर्षदेखि खोलाको डिलमा वास बस्न बाध्य भएका छन एक अटुट जोडी । प्रदेश नं. १ को राजधानी विराटनगरदेखि केही दुरीमा मात्र यी प्रेमजोडी विगत १२ वर्षदेखि त्रिपालको वास बस्न बाध्य भएका छन् ।
मोरँग जिल्लाको बुढीगँगा गाउँपालिका वडा नं. २ बस्ने बर्ष ६० श्रवण मण्डल र उनकी ५८ वर्षिय श्रीमति लक्ष्मी देवी मण्डललाई छोराले भगाएपछि त्रिपालमा बसेका छन् ।
हाईडरोसिफालस रोगले ग्रसित लक्ष्मी देवी मण्डललाई उनको एक मात्र छोराले घृणा गर्न थालेपछि दुई वर्षदेखि सडकपेटीको वास बसेर जीवन मृत्यूसँग संघर्ष गर्दै आईरहेका छन् । दुर्घटनाको क्रममा उनको बायाँ हात र खुटटा प्यारालाईज नै भएको छ , करिब ८ वर्ष अघि नै उनको सवारी दुर्घटनामा परी हात र खुट्टा प्यारालाईज भएपछि झन पीडा बढेको हो ।
आमा प्यारालाईज सहित हाईड्रोसिफालसको विरामी भएपछि उनको छोराले उनलाई घरबाट निकालेपछि श्रीमानको असल कर्तव्य निभाउनको लागि श्रवण पनि सँगै निस्केका हुन् ।
प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार