जब राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको पुत्ला दहन भयाे…


 


putlaराजविराज, पुस १

आन्दोलनरत मधेसी मोर्चाले बुधवार राजविराजमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको पुत्ला दहन गरेको छ । असहज परिस्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेपछि भएको विरोधमा ब्यापक प्रहरी दमन भएको भन्दै मोर्चा कार्यकर्ताहरुले उनको पुत्ला दहन गरेको हो ।

यस्तै चार महिना बढीदेखि जारी रहेको मधेस आन्दोलनलाई समाधान गर्न अग्रसर नभएको भन्दै प्रधानमन्त्री केपी ओली र विरोधको बाबजुद सभामुख ओनसीधर्ती मगरले संविधान संशोधन विध्येक संसदमा प्रस्तुत गर्न दिएको भन्दै दुबै जनाको पुत्ला दहन गरेको सद्भावना पार्टी निकट विद्यार्थी मञ्चका केन्दि्रय अध्यक्ष किशोरकुमार यादवले बताए । यसअघि जनकपुरमा भएको ब्यापक प्रहरी दमनको विरोधमा राजविराजको विभिन्न ठाउँमा मधेसी मोर्चा कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: १ पुस २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्