‘पुरानो बुलेट’ ट्रेलरमा अनुप र मालाको प्रेम – भिडियो सहित


 


काठमाडौं फागुन ६
चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । क्रेजी इन्टरटेन्मेन्ट प्रस्तुतिमा तयार भएको योचलचित्रलाई भिषण राइले निर्देशन गरेका हुन् । चलचित्रमा अशोककुमार राई, टिकाराम राई, विरेन शम्बा र दिपेन लिम्बुको लगानी छ ।

अर्जुन जीसीको सम्पादन रहेको चलचित्रमा हरि लामाको छायांकन छ । यो चलचित्रको मुख्य भूमिकामा नायक अनुप विक्रम शाही र नायिकाद्धय माला लिम्बु र बर्षा सिवाकोटीलाई देख्न सकिन्छ । अनुपको जिन्दगीमा प्रवेश गर्ने २ यूवतीको कथामा चलचित्र तयार भएको छ । यो चलचित्र चैत्र १ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको ट्रेलर नायक अनुपविक्रमको वरिपरी घुमेको छ । अनुपलाई केही फरक गेटअपमा प्रस्तुत गरिएको चलचित्रमा माला हट अवतारमा देखिएकी छिन् बर्षालाई सोझी यूवतीको भूमिकामा देख्न सकिन्छ । चलचित्रको ट्रेलर औषत छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्