पुलवाबाट भारतीय प्रहरीले पक्रियो २३ जना आतंकवादी


 


दिल्ली, ६ फागुन
पुलवामा भएको आतंकवादी हमलापछि भारतीय सुरक्षाकर्मीले जम्मू–कश्मीरमा आतंकवादीविरुद्ध एक्सन सुरु गरेको छ ।

एक्सनका क्रममा प्रहरीले २३ जना आतंकवादीलाई नियन्त्रणमा लिएको छ । यिनिहरको सम्बन्ध लुवामा भएको आतंकसँग सम्बन्ध रहेको आशंका गरिएको छ ।

भारतीय सुरक्षाकर्मीले जुन संन्दिग्धलाई हिरासतमा लिएको छ, उनीहरु सबै ए–मोहम्मद जस्तै आतंक संगठनमा आबद्ध रहेको बुझिएको छ । गत फेब्रुअरी १४ मा पुलवामा आत्मघाती हमलामा ४० जना जवानले ज्यान गुमाएका थिए ।

यस आतंकवादी हमलापछि भारतमा आक्रोश फैलिएको, छ । त्यहाँका जनता पाकिस्तान सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरुले पाकिस्तानमा बसेका आतंकवादीलाई नष्ट गर्न भारत सरकारसँग माग गरिरहेका छन् ।

भारतीय नेशनल जाँच एजेन्सीले आइतबार यी सबै २३ संदिग्धसँग सोधपुछ गरिरहेको जनाएको छ । स्रोतकाअनुसार यी संदिग्धसँग कश्मीरमा भएको घटनाबारे सोधपुछ भइरहेको छ ।

सोमबार बिहानैबाट सुरक्षाकर्मीले पुलवामा सर्च अपरेशन चलाएको छ । सुरक्षाकर्मी र आतंककारीबीच गोली हानाहान भएको छ । जसमा ४ जना सैनिक पक्षका जवानको ज्यान गएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्