साउदी अरवले दियो पाकिस्तानलाई साथ भारतलाई सिध्याउन – विश्व नै झस्कियो


 


काठमाडौं फागुन ६
इस्लामावाद । लामो समय देखि आर्थिक संकट खेपिरहेको पाकिस्तानका लागी साउदी अरबले २० अर्ब अमेरिकी डलर (२० खर्ब भन्दा माथी नेपाली रुपैया) आर्थिक सहयोग गर्ने भएको छ । पाकिस्तान भ्रमणमा रहेका साउदी अरबका युवराज मोहमद बिन सलमानले आर्थिक क्षेत्रमा थप विकासको अपेक्षासहित पाकिस्तानलाई २० अर्ब डलर बराबरको सहयोग गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

आर्थिक रुपमा अति कमजोर छिमेकीले ठूलो मुल्य चुकाउनुपर्नेछ भन्दै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले धम्कि दिएको केही दिन बित्न नपाउँदै यति ठूलो सहयोग आएको हो । यो सहयोग भारतमा आतंक फैलाउन भएको सहयोग भन्दै भारतले दुख व्यक्त गरेको छ । विश्वसमुदायले नै पाकिस्तानलाई एक्ल्याउनुपर्ने माग राखिरहेका बेला चीन र साउदी जस्ता धनी देशहरुले उचाली रहेका छन् । यो अस्त्र भारत सिध्याउन भएको भारतिय बरिष्ठ विश्लेषकहरुको ठम्याई छ ।

हालैं भएको आतंकवादी आक्रमण पछि युवराज पाकिस्तान नजाने भनेर भारतीय सञ्चारमाध्यहरुले प्रचार गरेका थिए, जुन गलत्त साबित भएको छ । अघिल्लो वर्ष आर्थिक वृद्धि दर ५ प्रतिशतले वृद्धि गरेकोले पाकिस्तानको भविष्य उज्वल रहेको युवराज सलमानले जनाए । भ्रमणलाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रबाटै विभिन्न टिकाटिप्पणी भइरहेका बेला इस्लामावाद पुगेका साउदी युवराजलाई पाकिस्तान सरकारले भव्य स्वागत गरेको छ ।

युवराजलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विमानस्थलमै पुगेर स्वागत गरेका हुन् । साउदी अरबको श्रम बजारमा करीब २५ लाख पाकिस्तानी नागरिक काम गर्दै आइरहेका छन् । सलमानसँगको भेटका क्रममा प्रधानमन्त्री खानले साउदी अरबमा रहेका आफ्ना देशका मजदुरले भोगेका दुस्खका बारेमा राजकुमार सलमानको ध्यानाकर्षण समेत गराए । एजेन्सी

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्