साउदी युवराजलाई पाकिस्तानमा भब्य स्वागत, २० अर्ब डलरको सम्झौता


 


पाकिस्तान फागुन ६
साउदी अरेबियाका युवराज पाकिस्तान पुगेका छन् । युवराज मोहम्मद बिन सलमान दुई दिने भ्रमणका लागि पाकिस्तान पुगेका हुन् । पाकिस्तानमा उनको भव्य स्वागत गरिएको छ ।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलर बराबरको सम्झौताको घोषणा गरेका छन् । सम्झौतामा ग्वादर नजिक एक तेल प्रशोधन केन्द्रमा ८ अर्ब डलर लगानी गरिनेछ ।

सम्झौताको घोषणा गरेपछि साउदी राजकुमारले पाकिस्तानको भविष्य उज्ज्वल रहेको बताए । एसियाका पाँच देशको भ्रमणमध्ये पाकिस्तान पहिलो गन्तव्य ठानिएको थियो तर मलेशिया र इण्डोनेशियाको भ्रमण अहिलेका लागि पछि धकेलिएको छ ।

साउदी शाही भ्रमणलाई पाकिस्तानमा पछिल्लो पटक यति नै धुमधामसँग सन् २००६ मा लिइएको थियो जब साउदी शासक राजा अब्दुल्लाह बिन अब्दुलाजिजले परमाणु अस्त्र देशको भ्रमण गरेका हुन् ।

भारतले कश्मिरमा सुरक्षा फौजमाथिको घातक हमलामा पाकिस्तानलाई दोष लगाएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएका बेला युवराज बिन सलमानको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । यसले पाकिस्तानमाथि आतङ्कवादको आरोप लागेका समय ठूलो राहत मिलेको छ ।

१ हजार शक्तिशाली प्रतिनिधिका लागि इस्लामावादमा सयौं पाँचतारे कोठाहरू अग्रिम रुपमै बुक गरिएका थिए ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्