‘के सारो राम्री’ म्युजिक भिडियो हेर्नुहोस्


 


गायिका मेलिना राई र गायक हसन राईको आवाजमा ‘के सारो राम्री देखिएको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमवार राजधानीको नयाँ वानश्वोरस्थित रेड डाइमन क्याफेमा एक कार्यक्रमबीच उक्त म्युजिक भिडियो सार्वजानिक भएको हो ।

बचन राईको शब्द रहेको सो गीतलाई, पविन्द्र राईले एरेन्ज र रोशन राईले संगीत भरेका छन् । बिकास लामिछाने र सुप्रिया कटुवालको मुख्य अभिनय रहेको भिडियोलाई सनम अधिकारीले निर्देशन गरेका छन् ।

कार्यक्रममा गीतकार बचन राई, गायक हसन राई, संगीतकार रोशन राई, मोडल बिकास लामिछाने, सुप्रिया कटुवाल, निर्देशक सनम अधिकारी लगायतको उपस्थिति थियो ।

गीतकार राईले आफ्नो पहिलो गीत भएको उल्लेख गर्दै भने, ‘यो गीत पूर्वेली भाकामा तयार पारेको छु । साथै म्युजिक भिडियोको माध्यमबाट पूर्वको परिवेश, रितिरिवाज एवं भेषभुषालाई समेट्ने प्रयास गरेको हुँ ।’

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्