भोलि सरकारसँग यस्ता माग राखेर विप्लव माओवादीले गर्यो बन्दको आव्हान !


 


काठमाडौं फागुन ७
लामो समय देखि संर्घषरत्त नेपाल कम्युनिस्ट पार्टीले फागुन ८ गते लुम्बिनी बन्दको आव्हान गरेको छ । नेकपा लुम्बिनी ब्युरो इन्चार्ज वीरजंगले विज्ञप्ति जारी गर्दै सरकारको धरपकड, गिरफ्तारी र दमनबिरुद्ध बन्द आह्वान गरेका हुन् । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै उनले फागुन ८ गते लुम्बिनी अन्तर्गत पर्ने जिल्लाहरुमा बन्दको आह्वान गरिएको जनाएका छन् ।

अभियानमा रहेका नेकपाका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादर खडका, अर्घाखाँची सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई प्रहरीले माघ २३ गते अर्घाखाँचीबाट पक्राउ गरेको छ । उनीहरु सबैलाई सार्वजनिक मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सन्धीखर्कमा राखिएको छ । देशभर अभियानसँगै पार्टीप्रति बढेको लोकप्रियताबाट सरकार आत्तिएर दमनमा उत्रिएको नेकपाले बताएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्