विवादास्पद न्यायधीश जोशीले दिए अन्तत – राजिनामा


 


काठमाडौं, ७ फागुन
सर्वाेच्च अदालतका विवादास्पद न्यायधीश दीपकराज जोशीले अन्ततः राजिनामा दिएका छन् । उनलाई सर्वाेच्चमा कुनै जिम्मेवारी दिइएको थिएन ।

प्रधानन्याायधीशमा चोलेन्द्र शमशेर राणा आएपछि उनको जिम्मेवारी खोस्दै कामविहीन बनाइदिएका थिए। विवादास्पद फैसलाका कारण उनी प्रधानन्याधीशमा अस्वीकृत भएका थिए । ‘काम गर्न दिएनन् त्यही भएर राजीनामा दिएँ,’ जोशीले भने, ’न्याय परिषद् यताउतामा अवरोध भयो। त्यही अवरोधका कारण राजीनामा दिएको हुँ। अरु भन्नु केही छैन।’
राणा पुस १७ गते प्रधानन्याधीशमा नियुक्त भएका थिए।
प्रधानन्यायाधीशमा सिफारिस जोशी साउन १८ मा पहिलो पटक जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए। उनीसँगै ओमप्रकाश मिश्र र राणा सिफारिसमा परेका थिए। त्यसपछि मिश्र प्रधानन्यायाधीश भए।

पुनःसर्वोच्च फर्किएका जोशीले विवादास्पद फैसला गरे। न्याय परिषद्ले पुनः राणासहित जोशीको नाम पनि प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। तर संवैधानिक परिषद्ले राणाको नाम पठाएको थियो।

प्रधानन्यायाधीशमा राणा आएपछि जोशीलाई मुद्दा हेर्न दिएका थिएनन्। जोशीको जिम्मेवारी पुस १९ देखि नै खोसिएको थियो। त्यसपछि जोशी बिदामा बस्दै आएका थिए।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्