यी हुन् बोल्न नसक्ने बालिका बलात्कारपछि ज्युँदै जलाएर हत्या गर्ने निरज


 


काठमाडौं ७ फागुन,
धनुषामा बोल्न नसक्ने बालिकामाथि बलात्कारपछि ज्युँदै जलाएर हत्या गरेकाे पुष्टि भएपछि बलात्कार गर्ने युवक निरन’ भनिने निरज जर्गा मगरलाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको पेवश्र–४ बेगौली टोलका मगरले बालिकाको बलात्कारपछि ज्युँदै जलाएर हत्या गरेका थिए ।

फागुन १ गते गाउँमै विवाह भोज खान हिँडेकी धनुषाकी ११ वर्षीया बाेल्न नसक्ने बालिका दुतिया रसाइलीको शव अाधा जलेको अवस्थामा फागुन २ गते घर नजिकैकाे झाडीमा भेटिएको थियो । २ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरी अनुसन्धानबाट बालिकाको सामूहिक बलात्कार गरेर जिउँदै जलाइएको पाइएपछि प्रहरीले हत्यारा खाेजतलासकाे काममा तीब्रता दिएकाे थियाे।

विवाहको भोजमा रक्सी र गाँजा खाएका जर्घा मगरले ११ वर्षीया बालिका दुतियालाई फकाउन भनि नजिकैको किराना पसलमा लगेर चाउचाउ र फ्रुटी किनिदिएको अनुसन्धानमा खटिएका धनुषाका एसपी शेखर खनालले जानकारी दिए। बालिकालाई चाउचाउ र फ्रुटी खान दिई मगरले जबरजस्ती बतात्गकार गरे र पछि बालिकाले गाउँमा गएर पोल खुलाउने डरले घाँटी थिचेर हत्या गरेकाे एसपी खनालले बताएका छन् ।

मगर विभिन्न चोरी मुद्दामासमेत पटक-पटक पक्राउ परेका व्यक्ति भएको अनुसन्धानबाट खुलेको छ। उनी केटी जिस्काएको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिई कारबाही गरेको थियो। त्यस्तै, सार्वजनिक अपराधमा महानगरीय प्रहरी वृत कालिमाटीले पक्राउ गरेर तीन महिना केन्द्रीय कारागार बसेर छुटेका थिए। उनी लागुऔषध सेवनकर्ता समेत भएको पाइएको छ।

दुतियाको हत्या भएकाे पुष्टि भएपछि हत्यारालाई कारबाहीकाे माग गर्दै महिला अधिकारकर्मीले प्रदर्शन गरेका छन्। ‘दुतिया रसाइलीलाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’, ‘लागुऔषध बन्द गरौं’ जस्ता नारा लगाउँदै महिला अधिकारीकर्मीले मिथिला नगरपालिकाको मुख्यबजार क्षेत्र ढल्केवरमा प्रदर्शन गरेका छन्।

पिडित परिवार अर्थात् रेशमाकी आमाले छोडेर गएपछि उनको हेरचाह गर्दै आएकी ८० वर्षीया हजुरआमा सूर्यमाला रसाइली अहिले विक्षिप्त अवस्थामा छिन्। नातिनीमाथि राखेका सपना तुहिएका छन्। सूर्यमालालाई घरमा सघाउने ८५ वर्षीय श्रीमान् र स्पष्टसँग बाेल्न नसक्ने देवनारायण विश्वकर्माको खुसीको संसारमा बज्रपात परेको महिला अधिकारकर्मी कल्पना कडारीले बताइन्। दैनिकीको सहयोगमा

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्