मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै सडकमा उत्रियो राप्रपा


 


काठमाडौं फागुन ७
मुलुुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ।राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा गरिएको उक्त प्रदर्शन नयाँ बानेश्वरदेखि सुरु भइ माइतीघर मण्डलामा पुगी टुङ्गीएको थियो।

प्रदर्शनका क्रममा प्रहरी र राप्रपा कार्यकर्ताबीच ठेलामठेल समेत पर्यो। मंगलबार नै अध्यक्ष कपल थापा नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो।राप्रपाले संविधानमा उल्लेख भएको धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गरेको छ।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्