शान्ति सेनामा खटिएकी नेपाली चेली भन्छिन् ‘खतराको बीचमा खुसी छु’ (भिडियो) सहित


 


काठमाडौं फागुन ७
संयुक्त राष्ट्रसंघले विभिन्न देशमा संचालन गर्ने शान्ति स्थापनाका मिशनमा नेपाली सेनाले सहभागिता जनाउन लागेको लामो समय भयो । पछिल्लो सममय यसरी संयुक्त राष्ट्रसंघका विभिन्न मिशनहरुमा नेपाली सेनाका महिला अधिकृत तथा जवानहरुले पनि सहभागिता जनाउन थालेका छन् । यस्तै मिशनमा दक्षिणी सुडानमा खटिएकी नेपाली सैनिक मिना थापाको विषयमा संयुक्त राष्ट्रसंघको संस्था युनिफिडले एक छोटो डकुमेन्ट्री तयार पारेको छ ।

युनिफिडको वेबसाइटमार्फत सार्वजनिक भएको यो भिडियो साग्री ३ मिनेट १५ सेकेण्डको छ । भिडियोमा मिशनमा खटिएका नेपाली महिला सैनिकहरुको सैन्य अभ्यास, दिचर्या र उनीहरुको अनुभव समेटिएको छ । मिना थापालाई केन्द्रविन्दुमा राखेर बनाइएको भिडियोमा मिनाले आफ्ना पिता पनि सेनामा रहेकोले आफूलाई सानैदेखि सेनामा काम गर्ने इच्छा भएको बताएकी छिन् । काममा चुनौती भए पनि समाजमा शान्ति स्थापना गर्ने महान काममा आफूले योगदान गर्न पाएकोमा आफू निकै खुसी भएको उनले बताएकी छिन् । हेर्नुहोस् भिडियो सामग्री –

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्