भारतीय वायु सेनाको विमान दुर्घटना


 


एजेन्सी फागुन ७
भारतको बेंग्लोरमा वायुसेनाका दुई जहाज आकाशमा ठोक्किएरका छन् । वायु सेनाको एयर शो रिर्यसलका क्रममा रहेका एयरक्राफ्ट यलहांका विमानस्थलको आकाशमा एक आपसमा ठोक्किएर खसेको समाचारमा जनाइएको छ ।सूर्यकिरण एयरक्राफ्टका कै दुई एयरक्राफ्ट ठोक्किदा दुवै एयरक्राफ्टमा रहेका पाइलट भने सकुशल रहन सफल भएको बताइएको छ ।

दुवै विमान येलहांकाको न्यू टाउन एरियामा खसेको र दुर्घटनाग्रस्त जहाजले चोट लाग्दा एक सर्वसाधरण नागरिक गम्भिर घाइते भएको बताइएको छ ।२० फेब्रररीबाट सुरु हुने एयर सोको तयारीमा गरिरहेका ती एयरक्राफ्ट दुर्घटनामा परेका हुन् ।भारतको जम्मू–कश्मीरको पुलवामामा श्रीनगर राजमार्गमा भएको आतंकवादी आक्रमण स्थानीय एक युवाले गराएको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् । प्रतिबन्धित पाकिस्तानी आतंकवादी संगठन जैश–ए–मोहम्मदका कश्मीरी सदस्य अदिल अहमद दारले आत्मघाति कार बिस्फोट गराएको दावी छ । आक्रमणमा पछिल्लो समाचारअनुसार कम्तिमा ४२ जना भारतीय सुरक्षा पौज सीआरपीएफका जवान मारिएको र ४० भन्दा धेरै घाइते भएको जनाइएको छ ।

करिब २५० वटा सवारी साधानमा करिब २५०० जना को फौज राजमार्गबाट गइरहेको बेला एउटा कारमा आएका आतंकवादीले सीआरपीएफ रहेको बसमा कार ठोक्काएर बिस्फोट गराएको बताइएको छ ।त्यसै घटनाामा भारतको जम्मू-कश्मीरमा भएको आतंककारी हमलामा मुम्बईका सुनिल लाम्बाले पनि ज्यान गुमाए । उनको घरमा रुवाबासी चलिरहेको छ । उनको ३ वर्ष अघि मात्रै विवाह भएको थियो ।

केही दिन पछि मात्र उनको छोराको जन्मदिन भएकाले उनी यो होलिमा घर गयेर आफ्नो छोराको जन्मदिनमा सरिक हुनेवाला थिए। तर त्यसअघि नै उनको कश्मीर हमलामा ज्यान गएको छ । उनको मृत्युको खबरपछि परिवार मात्रै होइन सिंगो गाउँमा नै रुवाबासी चलेको छ ।अझ संवेदनशील कुरा के छ भने भारतीय इन्टेलिजेन्सलाई यस्तो आक्रमणबारे पहिला नै सूचना रहेको भारतीय संचारमाध्यमले दावी गरेका छन् । पहिला नै सूचना हुनु र ठूलो संख्यामा सुरक्षा फौज हुँदा पनि यसप्रकारको आक्रमण हुनुलाई भारतीय सुरक्षावृतमा निकै खल्बली मच्चाइदिएको छ । यो आक्रमणलाई कश्मीर आक्रणको दोस्रो ठूलो आक्रमण भनिएको छ ।

यो आक्रमणपछि चुनावमा होमिनै लागेको भारतीय राजनीतिलाई तरंगित बनाइदिएको छ । दलहरुले एकै भाषामा आतंकवादीविरुद्ध कडा कारबाही गरिने बताएका छन् । सरकार र विपक्षको आवज पनि एउटै सुनिएको छ । ३०० किलोमिटरको यो राजमार्ग रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । यो राजमार्गमा सँधै सुरक्षाकर्मीको निगरानी रहन्छ । आक्रमणमा घाइते भएकाहरुलाई आर्मीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

उनीहरुलाई श्रीनगरस्थित आर्मीको अस्पतालमा ल्याइएको बीबीसीले जनाएको छ । आक्रमणपछि यो राजमार्ग पूर्ण रुपमा बन्द गरिएको छ । आक्रमण भएको क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ब्यापक परिचालन गरिएको छ ।आक्रमणकारीको खोजीमा सुरक्षाकर्मी जुटेको बीबीसीले जनाएको छ । दुई बसमा सीआरएफका सुर क्षाकर्मी थिए । उनीहरुको सुरक्षाका लागि प्रहरीका जीप अगाडि र पछाडि रहेको बताइएको छ । प्रतिबन्धित चरमपथी संगठ जैश–ए–मोहम्मदले आक्रमणको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जैश–ए–मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एक बयान जारी गरेर आक्रमणको जिम्मा लिएका छन् ।

उनले सो आक्रमण आदिल अहमद उर्फ व कास कमाण्डोले गराएको बताएका छन् । वकास कमाण्डो पुलवा जिल्लाका नागरिक रहेको बताइएको छ । आक्रमणपछि विभिन्न प्रतिक्रियाहरु पनि आएका छन् । काँग्रेस अध्यक्ष राहुल गान्धीले सो आक्रमणलाई कायरतापूर्ण आक्रमण भनी निन्दा गरेका छन् । उन ले ट्वीट गर्दै भनेका छन्, ‘जम्मू–कश्मीरको पुलवामामा सीआरएफको यात्रामा भएको कायरतापूर्ण आक्रमणले दुखि भएको छ ।

सहिदका परिवारप्रति समवेदना छ । घाइतेहरुको शीर्घ स्वास्थ्य लाभको कामना गर्छु ।’जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमणको कडा निन्दा गर्दै भनेका छन्, ‘उपत्याकाबाट भयावह समाचार एको छ । आईआईडी ब्लास्टमा सीआरएफका कैयैं जवानहरु मारिएका छन् । म यस आक्रमणको कडा निन्दा गर्छु । घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्छु । मारिने सहिदहरुको परिवारप्रति समवेदना प्रकट गर्छ ।’पश्चिम बंगलाकी मुख्यमन्त्री ममता बनर्जीले पनि यो आक्रमणबाट निकै दुःखी भएको बताए की छन् । उनले भनेकी छन्, ‘दुःखी छु पुलवामामा १३ सीआरएफका जवानहरु सहिद भएका छन् ।

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्