उत्तर कोरिया हैन सामाजिक संजाल फेसबुक कुनै हालतमा बन्द गर्न दिन्नौ (भिडियो सहित)!


 


काठमाण्डौ फागुन ८
सामाजिक सञ्जाल असामाजिक बन्दै गएको भन्दै यसलाई नियमन गर्न अनिवार्य दर्ता हुनुपर्ने प्रावधानसहित सरकारले संसदमा विधेयक दर्ता गरेको छ ।

गएको बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संसदमा पेश गर्नुभएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राखिएको छ ।

अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल नेपालमा दर्ता नभई सञ्चालनमा छन् । सामाजिक सञ्जालहरु नेपालमा दर्ता नहुँदा नियमन गर्न कठिन भएको भन्दै सरकारले यस्तो बाध्यकारी विधेयक तयार पारेर संसदमा पेश गरेको हो ।

तर प्रतिपक्षदल नेपाली काँग्रेसले भने सरकारले भनेजसरी सजिलै फेसबुक लगाएत सामाजिक संजाल बन्द गर्न नसक्ने जबर्जस्ति गरे नेपाली काँग्रेस खम्बा बनेर उभिने बतएका छन् मंगलबार सुनौलो नेपाल संग कुरा गर्दै काँग्रेस प्रबक्ताले भने ”सरकार अहिले सामाजिक संजाल बन्द गर्ने नियम संसदमा छलफलको लागि पेश गरेको छ त्यो कुनै हालतमा जस्ताको त्यस्तै पारित गर्न हामी दिदैनौ” ।

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्