यस्तो हुन्छ इमान्दारीदाको सच्चा उदाहरण : ट्याक्सीमा छुटेको गरगहना र पर्स फिर्ता



काठमाडौँ। अहिले विश्वमा इमान्दारीता विस्तारैं हराउँदैं जान थालेको छ । अहिले इमान्दार र नैतिकवान मानिस कमैं मात्रामा हुन्छन् । तर काठमाडौका एक सवारी चालकले ट्याक्सीमा छुटेको गरगहना र पर्स फिर्ता गरेका छन् ।

अनामनगरबाट नैकापसम्म जाँदा ट्याक्सीमा सेवाग्राहीले छाडेको सामान धरान घर भइ हाल पुरानो बानेश्वर बस्दै आएका ३८ वर्षीय चालक सिमल राईले फिर्ता गरिदिएका छन् । उनीले ट्याक्सीमा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको गरगहना, नगद र लेडिज पर्स आफ्नो ट्याक्सीमा ग्राहकले छाडेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाएका हुन् ।

अहिले ट्राफिक प्रहरीले उक्त सामान गुल्मीकी २८ वर्षीया वसन्ता भुषाललाई हस्तान्तरण गरेको छ । महाशाखाका प्रहरी निरीक्षक केशव भट्टका अनुसार भुषालकी सहोदर बहिनी हाल थापागाउँ बस्दै आएकी २४ वर्षीया सोनियालाई सामान जिम्मा लगाइएको हो ।

प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्