शेरबहादुर देउवा होटल उद्घाटन गर्न बारा पुगे

बारा फागुन ८
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बाराको सिमरामा एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।
दियालो होटलको उद्घाटन गर्न वीरगन्ज जाने क्रममा देउवालाई नेपाली कांग्रेस जीतपुरसिमरा नगर समितिले एक सय ५१ किलोको माला लगाएको हो ।
नगर सभापति श्यामबाबु गुप्ताले सिमरास्थित पार्टी कार्यालयमा सभापति देउवालाई माला लगाएर स्वागत गरेका थिए । सिमरा आएका देउवाले सञ्चारकर्मीसंग भने बोल्न मानेनन् । सञ्चारकर्मीले प्रश्न राख्न खोज्दा देउवाले अहिले नबोल्ने भन्दै सञ्चारकर्मीलाई पन्छाएका थिए ।
यसअघि देउवालाई स्वागत गर्न सिमरा बिमानस्थलमा पूर्वमन्त्री फरमुल्ला मन्सुर, पूर्वसभासद राधेचन्द्र यादव, अजय चौरसिया, रमेश रिजाल, अजय द्धिवेदी, मधु शाहीसहित बारा र पर्साका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । देउवालाई स्वागत गर्न कांग्रेस कार्यकर्ताबीच तछाडमछाड देखिन्थ्यो ।
प्रकाशित मिति: ८ फाल्गुन २०७५, बुधबार