सशस्त्र प्रहरीका महानिरीक्षक वन्तले राजीनामा दिए


 


काठमाडाै, पुस ३

सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले शुक्रबार राजीनामा दिएका छन् । उनले गृह सचिव नारायण गोपाल मलेगु समक्ष राजीनामा बु्झाएका हुन् । सरकारले निलम्बन गर्नु अगावै उनले राजीनामा दिएका हुन् ।

शुक्रबार साँझको  मन्त्रिपिरिषद बैठकले उनलाई निलम्बन गर्ने तयारी छ । वन्तले राजीनामा बुझाएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

भ्रष्टारमा मुछिएको आरोपमा निलम्बन हुनुभन्दा राजीनमा दिएर समाजमा छवी जोगाउने प्रयास स्वरुप वन्तले त्यसो गरेको हुनसक्ने ती अधिकारीले जनाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार वन्त विरुद्ध भ्रष्टाचारको अभियोगमा छानविन भइरहेको भन्दै उनलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति: ३ पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्