कांग्रेस नेता शर्माले देउवालाई हाले बाण – गालीको भारी र फूलको भारी दुवै उस्तै

काठमाडाैं फागुन ९
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारी हुनेगरी मालाले स्वागत गर्नु गलत भएको टिप्पणी गर्नु भएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई बारामा १५१ किलोको मालाले स्वागत गरेपछि फेसबुका स्टाटस लेख्दै भारी हुने गरी फूलको मालाले स्वागत गर्नु गलत भएको बताउनु भएको हो ।
उहाँले एक फूल र एक मुस्कानले स्वागत गर्न सुझाव पनि दिनु भएको छ । फेसबुकमा लेख्नु भएको छ, ‘फूलको एक थुंगा दिनोस् या केवल एक मुस्कानसाथ हृदयले स्वागत गर्नोस् ।’
उहाँले फेसबुकमा हालका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेपाल (नेकपा)का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापनि शेर बहादुर देउवा र तीन कोइराला परिवा (काँग्रेस महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला र नेतृ सुजाता कोइराला)लाई लगाई दिएको फूलको भरीको फोटो पोस्ट गर्दै लेख्नु भएकाे छ, ‘आलोचनामा गालीको भारी या सम्मानमा फुलको भारी दुवै गलत छन्, जिल्लामा आउने जुन दलका जो कोहि अगुवा हुन्… ।’
बुधबार दियालो होटलको उद्घाटन गर्न वीरगन्ज जाने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका कांग्रेस सभापति देउवालाई बाराको सिमरामा एक सय ५१ किलोको माला लगाएर स्वागत गरिएको थियो।
गत शनिबार पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मरणमा स्थापित ‘जिपी कोइराला फाउन्डेसन’को शाखा वीरगंजमा पनि उद्घाटन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रममा तीन कोइराला नेतालाई १ सय २१ किलोको माला १ सय २१ किलोको मालाले स्वागत गरिएको थियो ।
प्रकाशित मिति: ९ फाल्गुन २०७५, बिहिबार