काे हुन् दुर्जकुमार राई ?


 


Durga kumar Raiभाेजपुर, पुस ४

सशस्त्र प्रहरी बलकाे  कार्यबाहक महानिरीक्षकमा दुर्जकुमार राई नियुक्त भएका छन् । शुक्रबार राति बसेकाे मन्त्रिपरिषदकाे बैठकले राईलाई कार्यबाहक अाइजिपीकाे जिम्मेवारी दिदै सशस्त्र प्रहरी महानिरीक्षक काेषराज वन्तलाई निलम्बन गरेकाे हाे ।

२०१८ साल मंसिर १ गते भाेजपुरकाे पश्चिमी गाविस नागी ४ कात्तिकेमा जन्मिएका राई २०४३ फागुन ३ गतेबाट नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका थिए । राई २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरणा भएका हुन् ।

राईले अन्नपूर्ण  मावि, भाेजपुर बहुमुखि क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायमा स्नकाेत्तर गरेका छन् । राई भलिबल, एथ्लेटिकक्स, र टेनिसका चर्चित खेलाडी समेत हुन् ।

प्रकाशित मिति: ४ पुस २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्