यस्ताे छ राष्ट्रपतिकाे भाेजपुरमा कार्यक्रम


 


भाेजपुर, पुस ६

भाेजपुर बहुमुखी क्याम्पसकाे स्वर्ण महाेत्सवकाे समापन समाराेहमा बुधबार (पुस ८ गते) राष्ट्रपति विद्यादेवी भण्डारी अाउँदैछिन् । भण्डारी यही क्याम्पसकाे पूर्व विद्यार्थी समेत हुन् । राष्ट्रपति भएपछि पहिलाे पटक जन्म जिल्ला भाेजपुर भण्डारी अाउन लागेकी हुन् ।

राष्ट्रपति निकै छाेटाे समय (करिब) एक घण्टा २० मिनेट भाेजपुर क्याम्पस प्रांगणमा रहने कार्यक्रम तय भएकाे छ । यसबिचमा उनले कार्यक्रम उद्घाटन, स्वर्ण महाेत्सव स्मारक अनावरण, भाेजपुर क्याम्पस अध्ययन गरेर राज्यका विशिष्ट तहमा पुगेका ब्यक्तिहरूलाई सम्मान पत्र प्रदान तथा छाेटाे शुभकामना मन्तव्य राख्नेछिन् ।

bidhya bhandariउनले सूचना तथा सञ्चार प्रविधि मन्त्री, पूर्व मन्त्रीहरू,  सांसदहरू, प्राध्यापक, अाइजीपी,  साहित्यकार, अभिनेता तथा भाेजपुरबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडिहरूलाई समेत सम्मान पत्र प्रदान गर्ने कार्यक्रम छ । राष्ट्रपति उपस्थित कार्यक्रममा संस्थापक सदस्यहरूकाे तर्फबाट इन्दप्रसाद श्रेष्ठ, पूर्व विद्यार्थीहरूकाे तर्फबाट शंकरप्रसाद काेइराला र सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले शुभकामना मन्तव्य राख्दैछन् । राष्ट्रपतिलाई क्याम्पसले सम्मान समेत गर्ने भएकाे छ ।

बुधबार बिहान साढे ११ बजे राष्ट्रपति अाउने कार्यक्रम तय भएकाे हाे । उनि १२ बजेर ४० मिनेटमा काठमाडाैं प्रस्थान हुने कार्य तालिका बनेकाे छ । काठमाडाैंका लागि उडेपछि मानेभन्ज्याङ १ अाम्बाेटेमा रहेकाे जन्मघरमा समेत पुग्ने राष्ट्रपतिकाे चाहना रहेकाे बुझिएकाे छ ।

याे पनि पढ्नुहाेस्

दुर्गम गाउँदेखी शीतल निवाससम्म

प्रकाशित मिति: ६ पुस २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्