शेरधनकाे सम्पति कति ?


 


काठमाडाैं, पुस ७

Sherdhan raiसूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सरकारलाई सम्पति विवरण बुझाएका छन् । उनले बुझाएकाे सम्पत्ति विवरणमा पैतृक सम्पत्तिका रुपमा भोजपुर थिदिंखामा ९ दशमलव ८ वर्गमिटर क्षेत्रफलमा रहेको जग्गा र त्यसमा ढुङ्गामाटोको घर, सोही स्थानमा ७० रोपनी जग्गा रहेको छ । मन्त्री राईको पैतृक सम्पत्तिकै रुपमा आठ तोला सुन र २० तोला चाँदी रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको शाखा विराटनगरमा रु दुई लाख र एभरेष्ट बैंक लिमिटेडमा रु सात हजार ४१६ रहेको विवरणमा उल्लेख छ । उनकाे नाममा युनिक एण्ड युनाइटेड एकेडेमी भोजपुरमा रु एक लाख सात हजार र कृषि विकास बैंक भोजपुरमा तीन हजार बराबरको सेयर रहेको छ।

आठ लाख रुपैयाँ ऋण दिएको र रु सात लाख ऋण लिएको पनि उनले विवरणमा खुलाएका छन् । त्यस्तै मन्त्री राईसँग एक-एक थान टेलिभिजन, ल्यापटप र आइप्याड रहेको सम्पत्ति विवरणमा उल्लेख छ । रासस

याे पनि पढ्नुहाेस्

काे हुन् शेरधन राई

प्रकाशित मिति: ७ पुस २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्