एमाओवादीद्वारा राज्य र जिल्ला समिति विघटन


 


काठमाडाैं, पुस ७

एकीकृत माओवादीले आफ्ना सबै राज्य समिति र जिल्ला समिति विघटन गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलवार बसेको केन्द्रीय समितिको बैठकले १३ वटा राज्य समिति र ७५ वटा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको हो ।

बैठकले राज्य समितिको सट्टा प्रादेशिक समिति तथा जिल्ला समितिको स्थानमा संक्रमणकालीन व्यवस्था अन्र्तगत जिल्ला संगठन समिति गठन गर्ने निर्णय समेत गरेको छ । पार्टी प्रवक्ता दिनानाथ शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन पारित गर्ने क्रममा राज्य समिति र जिल्ला समिति विघटन गरेको बताए ।

उनले प्रादेशिक समिति र जिल्ला संगठन समिति गठनका लागि पार्टीको विधानको धारा २८, ४४ र ४७ संशोधन गरेको जानकारी दिए ।प्रवक्ता शर्माले प्रादेशिक समितिका इन्चार्ज, सेक्रेटरी र सह सक्रेटरीको जिम्मेवारी दिने विषयमा छलफल भइरहेको बताए ।

प्रकाशित मिति: ७ पुस २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्