गायिका मेलिना र देवेनको रमाईलो गरौं न एकैछिन सार्वजनिक (भिडियो सहित)


 


काठमाडौं । चर्चित गायक देवेन चेम्जोङ र गायिका मेलिना राईको स्वरमा बहुप्रतिक्षित गीत ‘आजको दिन रमाईलो गरौं न एकैछिन’ को भिडियो सार्वजनिक भएको छ । गायक देवेनले आफ्नो गायन क्षेत्रकै सर्वाधिक हिट हुने आशा राखेको यो गीतको भिडियो बुढासुब्बा डिजिटल प्रालिबाट प्रिमियर गरिएको हो । भिडियोमा पुनम लिम्बू,बिनम चेम्जोङ, अषिस राई, अलिशा चेम्जोङ लगायत ४० जनाले अभिनय गरेका छन् ।


गीतमा दुईदिनको जिन्दगीमा रमाईलो गरौं भोली भेट होला नहोला,समयले काहाँ पुर्याउला भन्ने भन्ने आशय ब्यक्त गरिएको छ । मेलिना र गायक देवेनको युगल गायन एकदमै जमेको पाइएको छ ।

डान्सीङ नम्बरको गीत भएको कारण पनि एकदमै आशाबादी रहेको गायक देवेनले बताएका छन् । गायक देवेनकै शब्द रहेको गीतको भिडियो अर्जुन मुसहाङले गरेका हुन् । पूर्वी नेपालको पर्यटकिय स्थल धनकुटाको राजारानीमा छायाँङ्न गरिएको गीतको भिडियो नारायण जिसिले खिचेका हुन् ।

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्