३३ बर्ष पहिलेकी विद्या राष्ट्रपति बनेर पुग्दा…


 


IMG_0927भोजपुर, पुस ९
आजभन्दा ३३ बर्ष पहिले विद्या भण्डारी विद्या पाण्डे थिईन् । जतिबेला उनि भोजपुर बहुमुखी क्याम्पस पढ्थीन् । विद्याले २०३५ देखी २०३७ सम्म मानविकी संकायमा भोजपुर बहुमुखी क्याम्पस पढेकी हुन् । बुधबार तिनै विद्या आफू पढेको क्याम्पसमा राष्ट्रपतिको रुपमा उपस्थित भईन् ।

IMG_0941गत कार्तिक १२ गते राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक उनि जन्म जिल्ला भोजपुर पुगेकी हुन् । आफूले पढेको क्याम्पसले उपस्थितिका लागि राष्ट्रपति विद्यालाई निम्तो दिएपछि सहर्ष स्विकार गरेर उनि बुधबार भोजपुर पुगेकी थिईन् । जहाँ उनको स्वागतका लागि हजारौ भोजपुरेहरु उपस्थित थिए, भने स्वागतद्धार, तुल र व्यानरले भोजपुर सु–सज्जीत थियो ।

सधै जसो धुलोले पुर हुने भोजपुर साँच्चै भोजपुर जस्तै सुन्दर र सफा थियो, केवल राष्ट्रपतिको स्वागतका लागि । बजारका घर–घरमा ग्रागी र घँडा राखिएको थियो भने सयौं विद्यार्थीका हातमा फुलका गुच्छा ।

क्याम्पसको पूर्व विद्यार्थी राष्ट्रपति विद्या भण्डारी यहाँ पढेर देशको सर्वोच्च पदमा पुग्ने प्रथम ब्यक्ति हुन् । उनले स्वर्ण महोत्सवमा आफ्ना बालसखीदेखी क्याम्पस स्थापना गर्ने ब्यक्तिहरुलाई समेत सम्मान गरिन् । र, आफू पढेको क्याम्पसबाट समेत सम्मानित भईन् ।

IMG_0936आफु पढेको क्याम्पसका उपस्थित हुन पाउँदा खुसी र गौरबको अनुभुति लागेको राष्ट्रपति भण्डारीले बताईन् । आफूलाई उच्च शिक्षा प्रदान गर्ने भोजपुर बहुमुखी क्याम्पसलाई सधै सम्झिरहेने र क्याम्पसको उन्नतीका लागि आफ्नो सहयोग रहने उनले बताईन् । क्याम्पसको कार्यक्रम सकेर उनि आफ्नो जन्म ठाउँ मानेभन्ज्याङ १ आम्बोटे समेत पुगेर शितल निवास फर्किएकी छिन् ।

याे पनि पढ्नुहाेस

राष्ट्रपतिकाे भाेजपुर यात्रा (फाेटाे फिचर)

काे हुन् विद्या भण्डारी ?

प्रकाशित मिति: ९ पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्