टक्सार महाेत्सवकाे तयारी तिब्र


 


IMG_1202भाेजपुर, पुस १०

अागामी फागुन १ गतेबाट हुन लागेकाे टक्सार महाेत्सवकाे तयारी तिब्र पारिएकाे छ । जिल्लाकाे एेतिहासिक, धार्मिक, सांस्कृतिक र अाैद्याेगिक महत्व बाेकेकाे टक्सारकाे स्थापना भएकाे दुई सय बर्ष पुगेकाे अवसरमा महाेत्सव हुन लागेकाे हाे । टक्सार महाेत्सव पुस ८ गतेबाट शुरू हुने मिति तय भए पनि अघाेषित नाकाबन्दीका कारण करिब दुई महिना पछाडी सरेकाे हाे ।

IMG_1204

दुई सय बर्ष पुगेकाे अवसरमा हुन लागेकाे द्धी शतबार्षिकी टक्सार महाेत्सव २०७२ ले रूग्ण अवस्थामा पुगेकाे टक्सारकाे सुधार हुने अपेक्षा गरिएकाे छ । शुक्रबार महाेत्सकाे बारेमा एक बृहत अन्तरक्रिया कार्यक्रम भएकाे छ ।

IMG_1211महाेत्सव मूल समाराेह समितिले अायाेजना गरेकाे कार्यक्रममा पूर्व मन्त्रीहरू कृपासुर शेर्पा, शंकर प्रसाद काेईराला, सांसद जयन्ती राई, समाजसेवी, बुद्दिजीवी र सराेकारवाला पक्षहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । उपस्थित उनिहरूले महाेत्सवका लागि सक्दाे सहयाेग गर्ने प्रतिबद्ता ब्यक्त गरेका थिए ।

IMG_1212

यहाँका महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक सम्पदाकाे संरक्षण, इतिहासकाे प्रचार प्रसार, धातु उद्याेगकाे संरक्षण र पुनरूत्थान साथै कृषि तथा हस्तकलाकाे  विकास गर्ने उदेश्यले महाेत्सव हुन लागेकाे महाेत्सव मूल अायाेजक समितिका संयाेजक गणेश बज्राचार्यले बताए । महाेत्वस एक हप्तासम्म सञ्चालन हुँदैछ ।

IMG_1183महाेत्सवमा एेतिहासिक डाेली स्तम्भ तथा टक्सार महाेत्सव स्मारकाे अनावरण, कृषि हस्तकलकाे प्रर्दशन, सांस्कृतिक झाँकी, सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर तथा मनाेरञ्जनात्मक कार्यक्रम हुने भएका छन् । यसका लागि तयारी तिब्र पारिएकाे अायाेजकले बताएका छन् ।

शाहबंशीय राजा गीवार्णयुद्द बिक्रम शाहकाे कार्यकालमा वि सं १८७२ मा स्थानीय भिमसेन स्थानकाे परिसरमा टक्सार खानी अड्डाकाे स्थापना भएपछि याे ठाउँबाट तामाका एक पैसे र दुई पैसे डाेली पैसा छापिन्थ्याे । याे ठाउँमा टक्सार स्थापना भएपछि गाउँकै नाम टक्सार रहन गएकाे हाे ।

प्रकाशित मिति: १० पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्