१३ सचिवकाे सरूवा (काे कँहा पुगे हेर्नुहाेस्)


 


काठमाडाैं, पुस १०

मन्त्रिपरिषद् बैठकले १३ सचिवहरुको सरुवा गरेको छ । सहरी विकास मन्त्रालयका अर्जुन कार्की भौतिक पूर्वाधार तथा यातायात, भौतिकका गजेन्द्रकुमार ठाकुरलाई विज्ञान तथा प्रविधि, वातावरण मन्त्रालयका कृष्णचन्द्र पौडेललाई पशु विकास मन्त्रालयमा, प्रधानमन्त्री कार्यालयका दीपेन्द्रनाथ शर्मालाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका विजय मल्लिकलाई जनसंख्या तथा वातावरण, सतर्कता केन्द्रका सुरेशप्रकाश आचार्यलाई खानेपानी तथा सरसफाई मन्त्रालय, सूचना तथा सञ्चार प्रविधिका सुनिलबहादुर मल्ललाई सतर्कता केन्द्र, क्षेत्रीय प्रशासक महेश दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । महलेखा नियन्त्रकको कार्यालयका रमेश शर्मालाई सार्वजनिक खरिद ऐन, पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा सचिव केदारबहादुर अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, लोकसेवाका विष्णु लम्साललाई आपूर्ति र पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका राजेन्द्र नेपाललाई महालेखा नियन्त्रण कार्यालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद्ले पुनर्निर्माण प्राधिकरणको कामु सचिवमा मधुसुदन अधिकारीमा पठाएको छ । कामु सचिव बनाएर सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा चन्द्र घिमिरे, मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा शशिशेखर श्रेष्ठ, पश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा शंकर कोइराला, मध्यमाञ्चलमा लक्ष्मी ढकाल र पूर्वाञ्चल क्षेत्रीय प्रशासकमा महेन्द्रमान गुरुङलाई पठाइएको छ ।

प्रकाशित मिति: १० पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्