मोडल सोनु पौडेल भन्छिन् : एक पटक पोर्न फिल्म हेरेकी छु


 


पोखरा घर भई काठमाण्डौँमा बसेर मोडलिङ गर्दै आएकी मोडल सोनु पौडेल हिजोआज निकै ब्यस्त बनेकी छिन् । सुरुमा केही सर्टमूभि र म्युजिक भिडियोमार्फत नेपाली मोडलिङ क्षेत्रमा प्रबेश गरेकी सोनुले दर्जन बढी सर्ट मूभि, मूभि र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । हाल टेलिश्रृखला तरुनी तन्नेरीमा उनि ब्यस्त रहेकी छिन् ।

सो टेलिश्रृखलामा उनले मुख बाङ्गीको रुपमा अभिनय गरेकी छन् । काभ्रे जिल्लाको पनौतीमा सुटिङ भएर हालसम्म तिन वटा भाग तयार भईसकेको सो टेलिश्रृखलाबाट आफुलाई थप सफलता मिल्ने सोनुको अपेक्षा छ ।

उनी भन्छिन् – यस टेलिश्रृखलाबाट मैले थप केही कुरा सिक्ने मौका पाउनेछु । नेपाली कथानक चलचित्र शिवानीमा अभिनय गरिसकेकी मोडल सोनुले अब चाँडै नै अर्को चलचित्र नेपाली चार्लीमा समेत अभिनय गर्ने मौका पाउँदैछिन् । सो चलचित्रमा उनले नयाँ भूमिकामा अभिनय गर्दैछिन् ।

आफु रहरले नभएर भविष्य बनाउने लक्ष्यका साथ नै मोडलिङमा लागेको बताउँदै सोनुले उत्साहित हुदै भनिन् – मेरो सानैदेखीको इच्छा हो मोडलिङ । एक्टिङहरु सिकेको छु ,मेहनत अनि निरन्तरता दिनुपर्छ ,सबैको सुझाब र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएकी छुँ । सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे सोनुले भनिन् – घरपरिवारको पनि ठुलो सपोर्ट छ । हल्का ग्लामर सिन दिन रुचाउने मोडल सोनुलाई लभ स्टोरी र एक्सन प्रधान चलचित्रमा अभिनय गर्न मन भएको बताउँदै भनिन् – चलचित्रको अफर आएमा आफुलाई सुट भएमा अभिनय गर्नेछु ।

सेक्स प्राकृतिक कुरा भएको बताउँदै मोडल सोनुले मानिसको जीवनमा यो अत्यवाश्यक कुरा हो तर यसलाई गलत तरिकाले उपयोग गर्नु हुँदैन भन्छिन् । पुरुष र महिलाबीचको एकअर्काको सम्बन्ध नै सेक्स हो उनको विचारमा । समय आएपछि सेक्स हुनु कुनै ठुलो कुरा होईन भन्दै उनले हालसम्म एकपटक झुक्किएर पोर्न मुभि हेरेको उनले सुनाईन् ।

प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्