सप्तकोशीको रजत जयन्ती समापन (फोटो फिचरसहित)


 


सुमन घिमिरे
उर्लाबारी, फागुन १९

उर्लाबारीस्थित सप्तकोशी आवासीय माध्यमिक विद्यालयको रजत जयन्ती आज समापन भएको छ ।  उर्लाबारी – ४ स्थित विद्यालयको प्रागंणमा आज आयोजित कार्यक्रममा बिभिन्न संघसंस्था, प्रथम अभिभावक, विद्यालयका उत्कृष्ट विद्यार्थी लगायतलाई सम्मान् गर्दै रजत जयन्ती समापन भएको हो ।

विद्यालयले सामाजिक क्षेत्रमा योगदान पु¥याएको उच्च मूल्याङ्कन गर्दै आज पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब, नेपाल उर्लाबारी र जेष्ठ नागरिक एकता समन्वय केन्द्रलाई नगद रु २५ हजारसहित सम्मान् गरिएको थियो । क्लबका अध्यक्ष सरोज बस्नेत र केन्द्रका अध्यक्ष गंगाप्रसाद चाँपागाईलाई कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी भण्डारी र बिद्यालयका संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराईले सम्मान् पत्र र नगदले सम्मान् गर्नुभएको थिया् ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिश्र वैजयन्तीले संस्थालाई प्रदान गरिएको रकम संस्थाकै हितमा खर्च हुने र आगामी दिनमा पनि सामाजिक क्षेत्रमा थप योगदान पुर्याउन सकोस् भनेर शूभकामना दिनुभएको थियो । कार्यक्रममा बिद्यालय स्थापनामा योगदान पुर्याउने प्रथम अभिभावकहरुलाई पनि सम्मान् पत्र र दोसल्लाले सम्मान् गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नगर उपप्रमुख भण्डारीले विद्या मानिसको शरिरको आँखा जस्तै सुन्दर रहेको बताउनुभयो । सप्तकोशीले उर्लाबारीको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंशा गर्दै उहाँले सप्तकोशीले सञ्चालन गर्दै आएको शैक्षिक गतिविधिलाई पूर्वका अन्य विद्यालयले पनि अनुशरण गर्न आवश्यक रहेको बताउनुभएको थियो ।

 

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्