तराईकाे बारेमा यस्ताे छ सेनाकाे निष्कर्ष


 


काठमाडाैं, पुस १४

नेपाली सेनाले तराईमा सुरक्षा अवस्था कमजोर रहेको निष्कर्ष निकालेको छ । जंगी अड्डामा सोमबार सम्पन्न पृतनापतिहरुको समन्वयात्मक बैठकले तराई आन्दोलनका कारण मुलुकको राष्ट्रिय सुरक्षामा आन्तरिक र बाह्य चुनौती थपिएको निष्कर्ष निकाल्दै सरकारले तोकेको जिम्मेवारी वहन गर्न आफू तयार रहेको जनाएको छ ।

बैठकमा पृतनापतिहरुले तराईमा राष्ट्रिय सुरक्षा कमजोर भएको भन्दै सेनाले निर्वाह गर्ने भूमिका र आन्दोलनको ‘रेडलाइन’ के हो भन्दै प्रश्न गरेका छन् । ६ वटै पृतनापति तथा उपत्यकास्थित महानिर्देशनालय र विभागीय प्रमुखसहितको बैठकमा सैनिक जर्नेलहरुले तराईको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गर्दै अवतरण गर्नुपर्नेमा जोड दिएका थिए । नयाँ पत्रिका

प्रकाशित मिति: १४ पुस २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्