सानोदुम्मा खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त गाविस घाेषणा


 


IMG_0935भाेजपुर, पुस १७

जिल्लाको दक्षिण पूर्वी क्षेत्रको सानोदुम्मा गा.वि.स. आज विहीबार सानोदुम्मा मा.वि.को प्राङगणमा आयोजित एक औपचारिक भव्य समारोहका बीच विधिवत रुपमा खुुुला दिसामुक्त तथा पूर्ण खोपयुक्त गा.वि.स. घोषणा भयो । सानोदुम्मा गा.वि.स. क्षेत्रभरका करीव ४६४ घर परिवारले शौचालय निर्माण गरी प्रयोग समेत गरीरहेकाले खुला दिसामुक्त गा.वि.स. घोषणा गर्न गा.वि.स.सचित पल्लवीकुमारी कर्णद्वारा राखिएको सार्वजानिक प्रस्ताव उपर सामाजिक परिचालक बोमप्रसाद राईले समर्थन गर्नु भएको थियो ।

त्यसैगरी उपस्वास्थ्य चौकी सानोदुम्माका इन्चार्ज लक्ष्मण भट्टराईले पूर्ण खोपयुक्त गा.वि.स.को प्रस्तावलाई समर्थन गर्नुभए पश्चात कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहनुभएका जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय भोजपुरबाट आउँनु भएका खड्ग पौड्यलले सामूहिक रुपमा सम्पूर्ण सानोदुम्मा गाउँवासीहरुलाई खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त गा.वि.स बनाउने प्रतिवद्धता सहित खुदिमु तथा पूखोयु गा.वि.स. घोषित गरिएको हो ।

त्यसो त सानोदुम्मा गा.वि.स. मा अभियानको रुपमा शौचालय निर्माण हुन शुरुवात भएको करीव आधा दशक भइसकेको छ । वि.सं. २०६७ सालमै गा.वि.स.को वडा नं.–४ मा रहेका तत्कालिन सम्पूर्ण ६० घर परिवारहरुका निम्ति ग्रामिण पुननिर्माण संस्था (आर.आर.एन.) को आर्थिक तथा प्राविधिक सहयातामा शौचालय निर्माण भएको बताउनुहुन्छ ।

सानोदुम्मा गा.वि.स. का सामाजिक परिचालक बोमप्रसाद राई । सानोदुम्मा गा.वि.स.लाई खुदिमु बनाउने अभियानमा विभिन्न सरकारी निकाय तथा गैर सरकारी संघ संस्थाहरुको उल्लेखनीय सहयोग रहेको छ ।

IMG_0892जसमा ग्रामिण पुननिर्माण संस्था (आर.आर.एन.) को सबैभन्दा बढि सहयोग रहेको देखिन्छ । गा.वि.स. का प्राविधिक अनिल राईका अनुसार साोदुम्माको वडा नं.–१ को १६० घर, वडा नं.–८ का २८ घर, वडा नं.–५ को ५५ घर तथा वडा न.–७ को २२ घर परिवारहरुका निम्ति ग्रामिण पुननिर्माण संस्था (आर.आर.एन.) ले शौचालय निर्माण गर्न सम्पूर्ण सहायता प्रदान गरेको थियो ।

आ.व.२०६९÷७० मा जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय, भोजपुुरको आर्थिक सहायतामा ५० घर परिवार र बाँकी रहेका करीव डेढ सय घर परिवारका निम्ति गाउँ परिषद मार्फत शौचालय निर्माणको लागि प्यान र सीमेण्ट खरीद गर्न आवश्यक बजेटको विनियोजन गरी गत आ.व. मै खुदिमु घोषणा गर्ने कार्यक्रम रहेको भए तापनि विविध परिस्थितिहरुका कारण घोषणा कार्यक्रम भने यस वर्ष सरेको हो ।

कार्यक्रमको अवसरमा गा.वि.स. लाइ खुदिमो बनाउने अभियानमा सहयोग पु¥याउने व्यक्ति तथा संघ संस्थाहरुलाई कदर पत्र प्रदान गरीएको थियो । सोही अवसरमा गाउँका सबैभन्दा वृद्धवृद्धाहरुलाई समेत नगद सहित सम्मान गरिएको थियो । नेपाललाई सन २०१७ भित्र खुदिमु राष्ट्र तथा भोजपुर जिल्लालाई सन २०१६ अवधि भित्र नै खुदिमु घोषणा गर्ने लक्ष्य तथा कार्ययोजना अनुरुप नै सानोदुम्मा गा.वि.लाई पनि खुदिमु घोषणा गर्न आयोजना गरिएको कार्यक्रमका सञ्चालक काजीमान थापाले गरेका थिए ।

प्रकाशित मिति: १७ पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्