सम्पर्क मञ्चकाे प्रशिक्षण कार्यक्रम


 


12527911_10207286129964900_2035699994_nसुदीप अधिकारी

काठमाडौं, पुस २८

नेकपा एमाले भोजपुर-काठमाडौं संपर्क मन्चले नयाँ कार्यसमितिको गठन पछी पहिलो कार्यक्रमको रुपमा “संबिधानको अन्तर्बस्तु र संघियता बिषयक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। नेपाल ल क्याम्पस, काठमाडौंको सभाहलमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथी पार्टीका बरिष्ट नेता तथा पूर्व प्रधानमंत्री माधब कुमार नेपालले गरेका थिए ।

संपर्क मन्चका नवनिर्वाचित अध्यक्ष रेजिन श्रेष्ठको अध्यक्षतामा संचालित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बरिष्ट नेता माधब कुमार नेपालले कार्यकर्तालाई प्रशिक्षित गरेका हुन्। कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे  पार्टी केन्द्रिय सदस्य घनेन्द्र बस्नेतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा मन्चकी उपाध्यक्ष शारदा घलेले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन  भने सचिब भिम राईले कार्यक्रम संचालन गरेका थिए ।

प्रकाशित मिति: २८ पुस २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्