सरकार र सिके राउतबीचको सहमतिप्रति कांग्रेसको जनायो घोर आपत्ति


 


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र पृथकतावादी अभियान चलाइरहेका सिके राउतबीच गत शुक्रबार भएको ११ बुँदे सहमतिको व्यक्तिपिच्छे फरकफरक व्याख्याले अन्यौलता सिर्जना गरेको बताएको छ।

कांग्रेसले सहमति प्रति दुवै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकोले आशंका उत्पन्न भएको जनाएको छ। कांग्रेसले भनेको छ, राष्ट्रिय एकता तथा भौगोलिक अखण्डता माथि आँच आउन प्रश्रय दिने सहमति तथा कृयाकलाप प्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ।

कांग्रेस संघीय संसदका प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुषाल गौतम, राष्ट्रियसभा प्रमुख सचेतक सरिता प्रसाई र राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले विज्ञप्ति निकाल्दै नेपाल सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको र सहमतिको दुवै पक्षले गरेको अलग–अलग व्याख्याले अन्यौलता सिर्जना भएको उल्लेख गरेका छन। कांग्रेसले शुरुमा भने उक्त सहमति ठीक भएको भन्दै समर्थन गरेको थियो।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्