समवेदना दिन कांग्रेस नेता चाँपागाईकाेमा


 


भाेजपुर, पुस २८

मातृ शाेकमा रहेका नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल तरूण दलका पूर्व केन्द्रीय सचिव एंव कांग्रेसका युवा नेता उत्तम चापागाईलाई सहानुभूति प्रकट गर्न कांग्रेसका केन्द्रिय नेताहरू चापागाईकाेमा पुगेका छन् । गत पुस १८ गते चापागाईकी अामा सुमित्रा चापागाईकाे क्यान्सर राेगबाट मृत्यु भएकाे थियाे । कांग्रेसका नेताहरू मंगलबार ११ अाैं पुण्यतिथीमा मृत अात्माकाे चिर शान्तिकाे कामना गर्दे चापागाई परिवारलाई सहानुभूति प्रकट गर्न गएका हुन् ।

sumitra  chapagain
स्वर्गिय सुमित्रा चापागाई

कांग्रेस महामन्त्री कृ्ष्ण सिटाैला, केन्द्रिय सदस्य एंव विदेश विभाग प्रमुख सुजता काेईराला, केन्द्रिय सदस्यहरू अर्जुननरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, गुरूराज घिमिरे, उदयसम्शेर राणा, विनाेद कायस्थ लगायतका नेताहरू पुगेका हुन् । उनिहरूले स्वर्गिय चापागाई प्रति श्रद्रदाञ्जली प्रकट गरेका थिए ।

प्रकाशित मिति: २८ पुस २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्