इपिएस भाषा परीक्षा आगामी जेठ २६ र २७ गते


 


काठमाडौँ, फागुन २७

सरकारीस्तरमा दक्षिण कोरिया जान लिइने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जानकारी दिएको छ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फारम भर्न सकिने जनाइएको छ। फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने शाखाले जनाएको छ।

सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो। कोरियाली सरकारले सन् २००७ र २००८ गरी १५ देशसँग सरकारीस्तरमै कामदार लैजाने सम्झौता गरेको थियो।

सुरुवातमा कृषि, निर्माण र फिसिङ (मछुवार) गरी ३ वटा क्षेत्रमा कामदार लैजाने गरिएपनि हाल भने कृषि, निर्माणमा मात्रै कामदार लगिँदै आएको छ। हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको इपिएस कोरिया शाखाले जनाएको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्